लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पदाधिकारी छनोटका लागि दोस्रो चरणको उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको छ ।
- पहिलो चरणमा सभापतिका उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि शालिकराम घिमिरे सर्वसम्मत सभापति चुनिएका छन् ।
- महामन्त्रीमा सी.एम. उपाध्याय विजयी भएका छन् र बाँकी पदाधिकारीका लागि अन्तिम नामावली सार्वजनिक गरिएको छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को पदाधिकारी छनोटका लागि दोस्रो चरणको उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको छ । पहिलो चरणमा सभापतिका उम्मेदवार कसैले पनि (५० प्लस १) प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणमा सबैभन्दा बढी मत ल्याउने शालिकराम घिमिरे सर्वसम्मत रुपमा विजयी भएका थिए ।
महामन्त्रीमा सी.एम. उपाध्याय विजयी भएका छन् । बाँकी पदाधिकारीका लागि आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको हो ।
मतदान अधिकृत गोकुल सापकोटाका अनुसार एक उपसभपतिका लागि भक्त बहादुर डाँगी, कमल प्रसाद पोखरेल, दुर्गा अर्याल र लोकनाथ वि.क.ले उम्मेदवारी दिएका छन् ।
एक पुरुष सहमहामन्त्री पदका लागि ई. विक्रम पौडेल, रविन थापा, विष्णु प्रसाद पौडेल, नीरज गहतराजले उम्मेदवारी दिएका छन् । गौतम प्रसाद पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन् । एक महिला सहमहामन्त्रीका लागि मुना हमाल र नौशित फातिमाले उम्मेदवारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
-
काठमाडौँ महानगरले एकीकृत करदाता परिचय नम्बर पूर्ण रुपमा लागू गर्ने
-
काठमाडौँ महानगरले सात क्लस्टर विभाजन गरी फोहर मैलाको व्यवस्थापन गर्ने
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण