रास्वपा लुम्बिनी प्रदेश सभापति घिमिरे निर्वाचित
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भएका छन् ।
- सभापति पदका लागि ६ जनाबीच प्रतिस्पर्धा भएकोमा शालिकराम र गोपालबीच पुनः मतदानको तयारी गरिए पनि अन्तिममा सहमतिबाट शालिकराम निर्वाचित भएका हुन् ।
- निर्वाचन आयोगले भने औपचारिक घोषणा गर्न बाँकी छ ।
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भएका छन् ।
सभापति पदका लागि ६ जनाबिच प्रतिस्पर्धा भएकोमा कसैले पनि स्पष्ट बहुमत प्राप्त नगरेकाले धेरै मत ल्याउने शालिकराम र गोपालबिच पुनः मतदानको तयारी गरिएको थियो । अन्तिममा सहमतिबाट शालिकराम निर्वाचित भएका छन् । तर निर्वाचन आयाेगले औपचारिक रुपमा निर्वाचन घाेषाणा गर्न बाँकी छ।
यसअघि सभापति पदका लागि ६ जनाबिच भएको प्रतिष्पर्धामा रुपन्देहीका शालिकराम घिमिरेले सबैभन्दा बढी १ सय ९९ मत र त्यसपछि अर्घाखाँचीका गोपाल घिमिरेले ८७ मत ल्याएका थिए ।
त्यसैगरी रुपन्देहीका गणेश पौडे्लले ८४ मत, बाँकेका डा.राजकुमार सुवेदीले ८०, रुपन्देहीका मञ्जु भुसालले ७१, रुपन्देहीका मधुप्रसाद अर्यालले १९ मत प्राप्त गरेका थिए । हिजो राति सम्पन्न मतदानमा पाँच सय ५२ मत खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण