इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
सारांश
- इरानले आफ्ना परमाणु केन्द्रहरूको सुरक्षा कडा पारेपछि करिब आधा टन युरेनियम कब्जा गर्ने अमेरिकी सैन्य योजना अन्तिम समयमा स्थगित भएको छ ।
- इरानले सुरुङहरूमा ल्याण्डमाइन र विस्फोटक धराप राखेको अमेरिकी दाबी छ, जसले गर्दा सैन्य कारबाही रोक्ने निर्णय गरिएको हो ।
- युरेनियम हस्तान्तरण र निष्क्रिय पार्ने विषयमा वार्ता जारी रहे पनि सुरुङमा रहेका धरापले प्रक्रिया जटिल बन्न सक्ने देखिएको छ ।
वासिङ्टन । इरानको भूमिगत सुरुङहरूमा सुरक्षित राखिएको करिब आधा टन उच्च संवर्धित युरेनियम कब्जा गर्ने अमेरिकी सैन्य योजना अन्तिम समयमा स्थगित भएको छ । अमेरिकी गुप्तचर निकायका अनुसार इरानले आफ्ना परमाणु केन्द्रहरूको सुरक्षा असाधारण रूपमा कडा बनाएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त उच्च जोखिमयुक्त स्थलगत सैन्य कारबाही रोक्ने निर्णय गरेका हुन् ।
हालै सार्वजनिक भएका स्याटेलाइट तस्बिरहरूले इरानको स्फहानस्थित पहाडी क्षेत्रमा रहेको भूमिगत सुरुङ कम्प्लेक्समा व्यापक सुरक्षा प्रबन्ध गरिएको देखाएका छन् । इरानले सुरुङका प्रवेशद्वारहरू भत्काएर सिल गर्नुका साथै त्यहाँ ल्याण्डमाइन र अन्य विस्फोटक धरापसमेत राखेको अमेरिकी पक्षको दाबी छ।
अमेरिकी सेनाले मे महिनामै उक्त युरेनियम जफत गर्ने अभियानको अन्तिम तयारी गरेको बताइए पनि इरानले थप सुरक्षात्मक अवरोध खडा गरेपछि अभियान अत्यन्त जटिल बनेको थियो। यही कारण ट्रम्प प्रशासनले सैन्य विकल्पलाई तत्कालका लागि रोक्ने निर्णय गरेको सीएनएनको समाचारमा उल्लेख छ ।
फक्स न्युजसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले इरानको गतिविधिमाथि अमेरिकाले नजिकबाट निगरानी गरिरहेको दाबी गर्दै भनेबम थिए, ‘हामीलाई त्यहाँ के भइरहेको छ भन्ने पूर्ण जानकारी छ। अहिलेसम्म कोही पनि त्यसको नजिक पुग्न सकेको छैन।’
यद्यपि, सुरक्षा विश्लेषकहरूका अनुसार अमेरिकी नेतृत्वबाट परमाणु केन्द्रमाथि सम्भावित सैन्य कारबाहीका संकेत आएपछि इरानले आफ्नो सुरक्षा संरचना थप बलियो बनाएको हो।
यसबीच, क्षेत्रीय तनावको प्रभाव विश्व बजारमा पनि देखिन थालेको छ । अमेरिकाको ओक्लाहोमास्थित कच्चा तेल भण्डारण केन्द्रहरूमा मौज्दात घट्दै गएको र इरानले होर्मुज जलडमरूमध्यमा अवरोध सिर्जना गरेपछि अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिमा दबाब बढ्न सक्ने चेतावनी विज्ञहरूले दिएका छन्।
हाल वासिङ्टन र तेहरानबीच युद्ध अन्त्य गर्ने तथा इरानको संवर्धित युरेनियम व्यवस्थापनसम्बन्धी विषयमा वार्ता जारी रहेको बताइएको छ। प्रस्तावित समझदारीअनुसार इरानले संवर्धित युरेनियम अमेरिकालाई हस्तान्तरण गर्ने र त्यसलाई अमेरिकी प्राविधिक टोलीले निष्क्रिय बनाएर देशबाहिर लैजाने विकल्पबारे छलफल भइरहेको छ।
तर, सुरुङहरूमा राखिएका विस्फोटक धरापका कारण उक्त सामग्री सुरक्षित रूपमा बाहिर निकाल्ने प्रक्रिया प्राविधिक रूपमा कठिन र समयसाध्य बन्न सक्ने देखिएको छ।
इरानले हालको अवस्थालाई आफ्नो रणनीतिक सफलताका रूपमा व्याख्या गरिरहेको छ भने अमेरिकाले इरानी ड्रोनहरूको ठूलो संख्या खसालेको दाबी गरेको छ। यद्यपि, दुवै पक्षबीचको सम्भावित सम्झौताका अन्तिम सर्तहरू अझै स्पष्ट भइसकेका छैनन्।
आगामी साताहरूमा हुने प्राविधिक तथा कूटनीतिक वार्ताले इरानको परमाणु कार्यक्रम, अमेरिका–इरान सम्बन्ध र क्षेत्रीय सुरक्षाको भविष्य निर्धारण गर्ने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण