साउदी अरबमा लगाइएको कर्फ्युको अवधि अनिश्चितकालको लागि लम्ब्याइयो
कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्दै गएपछि थप सावधानी अपनाउन साउदी अरबले कर्फ्यु लम्ब्याएको साउदी स्थित नेपाली दूतावासले जनाएको छ।
कोरोना भाइरस(कोभिड-१९) को संक्रमण फैलिन सक्ने सम्भावित जोखिमलाई रोक्न गत मार्च २३ मा जारी गरेको २१ दिने कर्फ्युको अवधि अर्को सूचना नआएसम्मका लागि लम्ब्याइएको नेपाली दूतावासले साउदीले जनाएको छ ।
रियादस्थित नेपाली दूतावासका अनुसार साउदी अरबको विभिन्न १३ शहरको आवागमनमा लागेको प्रतिवन्ध समेत यथावत रहेको जनाइएको छ।
साउदी सरकारले तोकेका स्वास्थ्य सम्बन्धी अपवाद र स्थानीय अधिकारीहरुले अनुमति दिएको अत्यावश्यक सेवा बाहेक कुनैपनि बहानामा बाहिर ननिस्कन र कर्फ्यूको समयलाई पूर्ण पालना गर्न रियादस्थित नेपाली दूतावासले सबै नेपाली हरुमा अनुरोध समेत गरेकोछ।
हालसम्म साउदीमा कोरोना संक्रमित ४ जना नेपाली मध्ये ३ जना उपचारपछि निको भैसकेको दूतावासले जनाएको छ । साउदीमा नेपालीबाहेक ४ हजार ३३ जनामा कोरोना भाइरसको संक्रमण भेटिएका छन्।
कोरोना भाइरसका कारण साउदीमा ५२ जनाको ज्यान गैसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शकिराको गीत ‘दाई दाई’ चर्चामा
-
बीपी राजमार्ग मुख्य सडक किनाराबाट यातायात सञ्चालनको तयारी
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण