कुवेतमा थप दुई जना नेपाली कोरोना संक्रमित
आइतबार, ३० चैत २०७६, १७ : ०८
खाडी मुलुक कुवेतमा थप दुई जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ।
कुवेतको स्वास्थ्य मन्त्रालयले थप दुई जना नेपालीमा कोरोना संक्रमण पुष्टि गरेको हो ।योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ११ पुगेको छ।
कुवेतमा कोरोना भाइरसबाट गत २४ घन्टामा थप ८० जना नयाँ संक्रमित बढेसँगै कोरोना संक्रमितको संख्या १२ सय ३४ पुगेको छ।
तीमध्ये १ सय ४२ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् । संक्रमित एकहजार ९१ को सामान्य उपचार भैरहेको त्यसमध्य २९ जनाको अवस्था गम्भीर रहेको कुवेतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शकिराको गीत ‘दाई दाई’ चर्चामा
-
बीपी राजमार्ग मुख्य सडक किनाराबाट यातायात सञ्चालनको तयारी
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण