नाइट क्लब एलओडीद्वारा सरकारलाई पीपीई र सर्वसाधारणलाई खाद्यान्न सहयोग
काठमाडौं– काठमाडौंको लोकप्रिय नाइट क्लब लर्ड अफ द ड्रिंक्स् (एलओडी)ले कोभिड–१९ विरुद्ध सरकारको तयारीलाई मद्दत गर्न विभिन्न जिल्लामा पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) र काठमाडौं महानगरपालिका वडा नं २६का विपन्न सर्वसाधारणलाई खाद्यान्न सहयोग गरेको छ ।
आफ्नो सामाजिक उत्तरदायित्व अभियानअन्तर्गत एलओडीले कञ्चनपुर जिल्लाका लागि ५० थान पीपीई सेट खानेपानी मन्त्री विणा मगरलाई र कैलाली जिल्लाका लागि ५० थान पीपीई सेट उद्योगमन्त्री लेखराज भट्टलाई हस्तान्तरण गरेको हो ।
त्यसैगरी, एलओडीले काठमाडौं महानगरपालिका वडा नं २६ का सफाई कर्मचारीका लागि एक सय थान पीपीई सेट हस्तान्तरण गरेको छ । साथै, एलओडीले ठमेल क्षेत्रका करिब पाँच सय जनालाई खाद्यान्न प्याकेज वितरण गरेको छ । यी प्याकेजमा ५ केजी चामल, १ केजी दाल, १ केजी गेडागुडी, १ केजी आलु, १ केजी नुन र एक लिटर तेल समावेश छ ।
‘कोरोनाविरुद्ध सरकारको लडाइँमा थोरै सहयोग गर्न पाउँदा हामी हर्षित छौं । हामीलाई आशा छ हाम्रो यो सहयोगले फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मी र सफाइ कर्मचारीको सुरक्षामा मद्दत गर्नेछ,’ क्बल एलओडीका सञ्चालक मध्येका रविन श्रेष्ठले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : सर्यो मतदानको समय
-
मेसीबारे प्रश्नमा रोनाल्डोको जवाफः मलाई कुनै वास्ता छैन
-
१४ गाउँपालिकाले ल्याएनन् समयसीमाभित्र बजेट, अध्यक्षको अस्वस्थतादेखि सहमति अभावसम्म
-
ओमप्रसाद पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
लहान नगरपालिकाले ल्यायो एक अर्ब ३८ करोडको बजेट
-
मकवानपुरका १० मध्ये ९ वटा स्थानीय तहले ल्याए बजेट, प्राथमिकतामा पूर्वाधार, शिक्षा र कृषि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण