सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

मस्जिदमा आश्रय लिएर बसेका ६  विदेशी क्वारेन्टाइनमा

शनिबार, ०६ वैशाख २०७७, १२ : ०६
शनिबार, ०६ वैशाख २०७७

सुनसरीको हरिनगर गाउँपालिका घुस्कीस्थित कवरत मस्जिदमा आश्रय लिएर बसेका ६  विदेशीलाई शुक्रबार क्वारेन्टाइनमा राखिएको छ  ।  

जिल्ला प्रशासन कार्यालय सुनसरीले मस्जिद खाली गर्नका लागि निर्देशन जारी गरेपछि मस्जिद क्वारेन्टाइनमा बस्दै आएका तिनलाई बिजी अस्पतालको क्वारेन्टाइनमा राखिएको नेपाल मुस्लिम संघ १ प्रदेश नं १ का अध्यक्ष हाजी इसराइल मन्सुरीले बताए। 

उनीहरुलाई आवश्यक परीक्षणका लागि त्यहाँ राखिएको जनाइएको छ  । मस्जिदमा  भारतका मुम्बई, पटना, इलाहावादलगायत स्थानबाट आएका र दुई नेपालीसमेत  छन् । 

यसैबीच  प्रदेश नं १ का मस्जिद, मदरसा र छात्रावासमा   बस्दै आएका मानिसलाई खाली गर्नका लागि नेपाल मुस्लिम संघले आग्रह गरेको छ । प्रदेशका मस्जिद, मदरसा र छात्रावासमा आवश्यक कर्मचारी, एमाम र मोअज्जिनबाहेक अन्यलाई नबस्नका लागि आग्रह गरिएको सचिव नइम अन्सारीले बताए । 

 मुसलमान समुदायको प्रतिष्ठा बचाउन र कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सावधानी अपनाउन आग्रह गरिएको अध्यक्ष मन्सुरीले जानकारी दिए । 

सातबुँदे अपिलमा कोही मस्जिदलगायत ठाउँमा बसेका भए प्रहरी वा स्थानीय सरकारलाई खबर गरी क्वारेन्टाइनमा बस्न भनिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप