पूर्वभीआईपीका घरबाट सुरक्षाकर्मी फिर्ता गर्ने बाटो खुल्यो
मङ्गलबार, ०९ वैशाख २०७७, ०७ : २२
पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा सरकारी कार्यविधिविपरीत खटाइएका सुरक्षाकर्मी फिर्ता गर्ने सम्बन्धी कार्यविधि मन्त्रिपरिषद्बाट पास भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत सरकारले कार्यविधि नाघेर पूर्वविशिष्ट व्यक्तिले निजी प्रयोजनका लागि राख्दै आएका सुरक्षाकर्मी फिर्ता गर्ने गरी बनाइएको कार्यविधि पास गरेको हो ।
गृह मन्त्रालयले सो कार्यविधि एक वर्षअघि नै तयार गरेर मन्त्रिपरिषद्मा पठाएको भए पनि उच्च राजनीतिक दबाबका कारण डम्प गरिँदै आइएको थियो ।
पछिल्लो समय गृहले पहिले पठाएको कार्यविधिमा केही संशोधन गरी नयाँ कार्यविधि मन्त्रिपरिषद्मा पठाएको थियो । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण