मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

पूर्वभीआईपीका घरबाट सुरक्षाकर्मी फिर्ता गर्ने बाटो खुल्यो

मङ्गलबार, ०९ वैशाख २०७७, ०७ : २२
मङ्गलबार, ०९ वैशाख २०७७

पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा सरकारी कार्यविधिविपरीत खटाइएका सुरक्षाकर्मी फिर्ता गर्ने सम्बन्धी कार्यविधि मन्त्रिपरिषद्बाट पास भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत सरकारले कार्यविधि नाघेर पूर्वविशिष्ट व्यक्तिले निजी प्रयोजनका लागि राख्दै आएका सुरक्षाकर्मी फिर्ता गर्ने गरी बनाइएको कार्यविधि पास गरेको हो ।

गृह मन्त्रालयले सो कार्यविधि एक वर्षअघि नै तयार गरेर मन्त्रिपरिषद्मा पठाएको भए पनि उच्च राजनीतिक दबाबका कारण डम्प गरिँदै आइएको थियो । 

पछिल्लो समय गृहले पहिले पठाएको कार्यविधिमा केही संशोधन गरी नयाँ कार्यविधि मन्त्रिपरिषद्मा पठाएको थियो । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप