सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बाह्र जना क्वारेन्टाइनमा

बुधबार, १० वैशाख २०७७, १० : १३
बुधबार, १० वैशाख २०७७

कोभिड–१९ नियन्त्रणका लागि उत्तरी क्षेत्रको स्याफ्रुबेंसी र थाम्बुचेतमा स्थापित क्वारेन्टाइनमा १२  स्थानीय बासिन्दालाई राखिएको छ । 

प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार रसुवाबाट काठमाडौँलगायत विभिन्न स्थानमा बसोबास गरी  हालै गृह जिल्ला फर्किएका बासिन्दालाई  क्वारेन्टाइनमा राखिएको हो ।

क्वारेन्टाइनमा राखिएका ती बासिन्दामा गोसाइँकुण्ड गाउँपालिकाका आठ र आमाछोदिङ्मो गाउँपालिका क्षेत्रका चार जना छन् । कुनै पनि मानिस रसुवा प्रवेश गरेपछि १४ दिन सरकारी क्वारेन्टाइन  र सात दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । 

उनीहरूलाई १४ दिन क्वारेन्टाइनमा राखी परीक्षण नतिजाका आधारमा घर पठाइने प्रजिअ भण्डारीले  जानकारी दिए ।

स्थानीयस्तरमा परीक्षण शुरू गरिएपछि जिल्लाभित्र आरडिटीबाट हालसम्म ५३ जनाको कोरोना परीक्षण गरिएको जनस्वास्थ्य प्रमुख किरण श्रेष्ठले जानकारी दिए ।  

यसैगरी शङ्कास्पद तीन जनाको स्वाब परीक्षण गराउँदा  नेगेटिभ  रिपोर्ट आएको बताउँदै उनले हालसम्म जिल्लाका कुनै पनि मानिसमा कोरोनाको आशंका नभएको स्पष्ट गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप