कतारको जेलमा रहेका १७ जना नेपालीलाई आममाफी
बिहीबार, ११ वैशाख २०७७, २० : १०
विभिन्न अभियोगमा कतारको जेलमा रहेका १७ जना नेपालीले आममाफी पाएका छन् ।
विश्व महामारीको अवस्थालाई मध्य नजर गर्दै तथा कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई समेत ध्यानमा राखेर कतारका अमिर शेख तमिम बिन हमाल अल थानीले आममाफी दिने घोषणा सार्वजनिक गरेका थिए । सोही आममाफी अन्तरगत कतारको बन्दी गृहमा रहेका १७ जना नेपाली नागरिकहरु पनि रिहा हुन लागेको कतारस्थित नेपाली राजदूतावासले जानकारी दिएको हो ।
हाल कतारको जेलमा १३ जना लागू औषध कारोवार, २ जना चोरी, १ जना मादक पदार्थ कारोबार र १ जना ठगीको कसुरमा सजाय भुक्तान गरिरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शकिराको गीत ‘दाई दाई’ चर्चामा
-
बीपी राजमार्ग मुख्य सडक किनाराबाट यातायात सञ्चालनको तयारी
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण