नेपाली बाह्र घन्टासम्म इन्टरनेटमा
आइतबार, १४ वैशाख २०७७, ०७ : ०७
काठमाडौं – बन्दाबन्दीका कारण घरमै बस्नुपर्ने बाध्यताका कारण इन्टरनेटको प्रयोग उच्च छ । कतिसम्म भने नेपालीले दैनिक १२ घन्टासम्म इन्टरनेटमा बिताउने गरेको पाइएको छ ।
बन्दाबन्दीको समयमा इन्टरनेटको प्रयोग सम्बन्धमा चाइल्ड सेफ नेटले गरेको हालैको सर्वेक्षणले यस्तो देखाएको हो ।
सबै प्रदेशलाई समेट्ने गरी वैशाख ५ गतेदेखि ९ गतेसम्म गरिएको उक्त सर्वेक्षणमा एक हजार २२८ जना सहभागी थिए । सहभागीमध्ये १५.२३ प्रतिशतले १२ घन्टासम्म इन्टरनेट प्रयोग गर्ने पाइएको हो । १२ घन्टाभन्दा बढी इन्टरनेट प्रयोग गर्नेको सङ्ख्या ८.६३ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ । बन्दाबन्दीपूर्व १२ घन्टासम्म इन्टरनेट प्रयोग गर्नेको सङ्ख्या केवल ४.५६ प्रतिशत मात्र थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण