न्यूजिल्याण्डले कोरोनाभाइरसविरुद्ध युद्ध जितेको दाबी
न्यूजिल्याण्डको सरकारले आफ्नो देशमा कोरोनाभाइरसको स्थानीय संक्रमण समाप्त भएको र आफूहरुले प्रभावकारी तरिकाले यो भाइरसमाथि नियन्त्रण पाएको दाबी गरेको छ ।
पछिल्ला केही दिनदेखि न्यूजिल्याण्डमा एकाध कोरोना संक्रमणका मामला सार्वजनिक भएका छन् । आइतबार यहाँ एकजना मात्रै संक्रमित भेटिएका थिए । न्यूजिल्याण्डकी प्रधानमत्री जसिन्डा आर्डर्नले देशले हालका लागि कोरोनाभाइरससँगको युद्ध जितेको बताएकी छिन् ।
प्रधानमन्त्रीको यस्तो घोषणा गर्नु केही घण्टा अघि न्यूजिल्याण्डले सामाजिक प्रतिबन्धको कडा दिशानिर्देशलाई खुकुलो बनाएको छ ।
मंगलबारदेखि केही व्यापार, स्वास्थ्य सेवा र शिक्षा क्षेत्रमा गतिविधी सुरु हुनेछन् ।
यद्यपि, अधिकारीले अहिले पनि धेरैजसो मानिस घरमा नै बस्नुपर्ने र सामाजिक दुरी स्थापित गर्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्री अर्डर्नले दैनिक आयोजना हुने सरकारी पत्रकार सम्मेलनमा भनिन्, ‘हामी अर्थव्यवस्था खोलिरहेका छौं तर अहिले पनि मानिसहरुको सामाजिक जीवनमाथि लागेको प्रतिबन्धलाई पूर्ण रुपमा समाप्त भने गर्नेछैनौं ।’
न्यूजिल्याण्डमा हालसम्म १४ सय ६९ संक्रमित भेटिएका छन् भने यहाँ १८ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण