कुवेतमा थप १० नेपाली कोरोना संक्रमित, संक्रमितको संख्या ६१ पुग्यो
बुधबार, १७ वैशाख २०७७, १८ : ४०
कुवेत । खाडी मुलुक कुवेतमा थप १० नेपालीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ। कुवेतको स्वास्थ्य मन्त्रालयले थप १० जना नेपालीमा कोरोना संक्रमण पुष्टि गरेको हो । योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ६१ पुगेको छ।
कुवेतमा कोरोना भाइरसबाट गत २४ घन्टामा थप ३०० जना नयाँ संक्रमित बढेसँगै कोरोना संक्रमितको संख्या ३७ सय ४० पुगेको छ। थप २ सय १३ सहित १३ सय ८९ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् ।
संक्रमित २ हजार ३ सय २७ को सामान्य उपचार भैरहेको त्यसमध्य ६६ जनाको अवस्था गम्भीर रहेको कुवेतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा कोरोनाका कारण कुवेतमा १ जनाले ज्यान गुमाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शकिराको गीत ‘दाई दाई’ चर्चामा
-
बीपी राजमार्ग मुख्य सडक किनाराबाट यातायात सञ्चालनको तयारी
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण