केन्द्रीय संस्करण
मार्क्स जयन्ती विशेष

के मार्क्सले पर्यावरणलाई बेवास्ता गरेका थिए ?

मार्क्स जयन्तीको उपलक्ष्यमा ‘इको–मार्क्सिज्म’बारे बहस

person explore access_timeबैशाख २३, २०७७ chat_bubble_outline0

Title Photo:https://spontaneousorder.in

 

गस फागन

कहिलेकाहीँ मार्क्स र मार्क्सवादीहरूमाथि औद्योगिक समाज र त्यसले वातावरणमा पुर्‍याएको क्षतिको विषयमा आलोचनात्मक नभएको भन्ने आरोप लाग्ने गरेको छ । फ्रान्सेली–ब्राजिली समाजवादी मिचेल लोवीका अनुसार मार्क्सवादीहरूले सरल विकासक्रम (लिनिएर प्रोगे्रस)को विचारधारा र आधुनिक औद्योगिक सभ्यताको प्राविधिक र आर्थिक आयामको सन्दर्भमा गम्भीर पुनर्विचार गर्नुपर्छ । मार्क्सवादी वामहरूमध्ये पनि लोवीको यो सोचाइसँग सहमत हुनेहरू नभएका होइनन् । तथापि, पछिल्ला दशकमा पर्यावरणबारे मार्क्सले शक्तिशाली र अनुकूल अवधारणा दिएका थिए भन्ने विचार हावी बन्न थालेको छ । पर्यावरणबारे मार्क्सले गहन विचार दिएको मतका प्रमुख पक्षपाती जोन बेलामी फोस्टरले भनेका छन्, “पर्या–समाजवादीमाथिको छलफलमा सहभागी केही मानिस आज पुँजीवादको पर्यावरणीय आलोचनामा मार्क्सको महत्त्वमा सन्देह गरिरहेका छन् ।”

मार्क्सको ऐतिहासिक भौतिकवादी दृष्टिकोणअन्तर्गत यो पक्षबारे अहिलेसम्म किन थाहा भएन अथवा किन बिर्सियो भन्ने प्रश्नका धेरै थरी उत्तर छन् । पर्यावरणबारे मार्क्सका विचारको विकास उनको जीवनका अन्तिम दुई दशकमा भएको देखिन्छ । त्यतिबेलाका उनका अधिकांश लेख र टिपोट अहिलेसम्म प्रकाशित भएनन् । ‘दोस्रो अन्तर्राष्ट्रियकाल’ सन् १८८१ १९१६ सम्म क्रियाशील समाजवादी पार्टीहरूको अन्तर्राष्ट्रिय संगठनमा मार्क्सवादलाई मूलतः औद्योगिक कोणबाट मात्र व्याख्या विश्लेषण गरियो । रुसी क्रान्तिको सुरु–सुरुका दिनमा प्राविधिक प्रगतिप्रति उत्साह हावी बन्यो । साथै, सोभियत सङ्घको पछिल्लो चरण कोरा सिद्धान्तवाद र औद्योगिक योजनामा केन्द्रित बन्यो । दोस्रो विश्वयुद्धपछि ‘फ्रेन्कफर्ट स्कुल’लगायत अन्य पश्चिमा मार्क्सवादी चिन्तनधारा प्रभावशाली बने । ती चिन्तनधारा पनि मूलतः संस्कृति र सौन्दर्यशास्त्रमा बढी केन्द्रित भए । फलतः त्यो सिङ्गो अवधिमा मार्क्सवादलाई प्रकृतिको सन्दर्भमा पनि जोडेर हेर्न सकिने विचार छायामा पर्‍यो ।


इश्वी सनको साठी र सत्तरीको दशकमा पनि समाजवादी पर्यावरणवादीहरू थिए । एलान थ्रोनेटको पछिल्लो पुस्तक ‘फेसिङ द एपोक्लेप्सः आर्गुमेट्स फर इकोसोसिएलिज्म’ (२०१९) मा त्यतिबेलाका समाजवादी पर्यावरणवादीहरूको विषयमा विस्तृतमा लेखिएको छ । तथापि अस्सीको दशकमा टेड बेन्टन र इल्मर अल्भटरजस्ता मार्क्सवादीका कृति प्रकाशित भएपछि र ‘क्यापिटालिज्म नेचर सोसिएलिज्म’ नामक जर्नल प्रकाशन हुन थालेपछि मार्क्सवादी पर्यावरणबारे विचारले मूर्त रूप लिन थालेको थियो ।


इश्वी सनको साठी र सत्तरीको दशकमा पनि समाजवादी पर्यावरणवादीहरू थिए । एलान थ्रोनेटको पछिल्लो पुस्तक ‘फेसिङ द एपोक्लेप्सः आर्गुमेट्स फर इकोसोसिएलिज्म’ (२०१९) मा त्यतिबेलाका समाजवादी पर्यावरणवादीहरूको विषयमा विस्तृतमा लेखिएको छ । तथापि अस्सीको दशकमा टेड बेन्टन र इल्मर अल्भटरजस्ता मार्क्सवादीका कृति प्रकाशित भएपछि र ‘क्यापिटालिज्म नेचर सोसिएलिज्म’ नामक जर्नल प्रकाशन हुन थालेपछि मार्क्सवादी पर्यावरणबारे विचारले मूर्त रूप लिन थालेको थियो । मार्क्समाथि ‘उत्पादनवादी’को आरोपलाई थप सैद्धान्तिक छलफलसहित जोन बेलामी फोस्टरले ‘मार्क्स इकोलोजी’ (२०००) र पल बुर्केटको ‘मार्क्स एन्ड नेचर’ (१९९९) मा चुनौती दिएका छन् । दुवै लेखकले ती पुस्तक र त्यसयताका अन्य लेख एवम् कृतिमा पुँजीवादबारे मार्क्सको धारणा पर्यावरणवादी रहेको विश्लेषण गरेका छन् । मार्क्सको विचारमा, नाफा र पुँजीको लागि स्वयंमा स्वाभाविक सीमितता भएको प्राकृतिक स्रोतको असीमित दोहनमा आधारित छ ।

          पछिल्लो समयमा कोहे साइतोले आफ्नो पुस्तक ‘कार्ल मार्क्स इको–सोसियलिज्म’मा मार्क्सको पर्यावरणका प्रमुख प्रणालीगत विशेषताको व्याख्या गरेका छन् । साइतोले मार्क्सका ती विचार राजनीतिक अर्थशास्त्रमाथि उनले गर्दै आएको आलोचनाको प्रस्ट निरन्तरता भएको व्याख्या गरेका छन् । आफ्नो विश्लेषणको लागि साइतोले सन् १८६५ देखि १८६८ सम्मका मार्क्सका अप्रकाशित पर्यावरणसम्बन्धी टिपोट पनि प्रयोग गरेको हुनाले त्यो विश्लेषण त्यसअघिका विश्लेषण र दाबीभन्दा परिपक्व थियो ।

ब्रिटिस म्युजियमको पुस्तकालयमा बसेर मार्क्सले आफूले पढेको पुस्तकका पङ्क्ति आफ्ना नोटबुकमा टिप्दै गरेको तस्बिरबारे हामी सबै परिचित छौँ । त्यतिबेला उनी आफ्नो नोटबुकमा आफूले पढेका पुस्तक, लेख र अखबारका पङ्क्ति नै सार्ने गर्थे । त्यसकारण, ती नोटबुकले मार्क्सबारे अध्ययन गर्ने धेरै अध्येताको ध्यान तानेन । मार्क्सका कृतिको आलोचनात्मक संस्करण Marx-Engels –Gesamtausgade [MEGA] मा ती नोटबुक प्रकाशित हुँदै गए । ती नोटबुकको अध्ययनबाट मार्क्स कसरी काम गर्थे, उनलाई के कुराले प्रोत्साहित गर्थ्यो र नयाँ विकास उनी कसरी विकास गर्थे भन्ने कुरा बुझ्न सक्छौँ ।

सन् १८६० को दशकमा मार्क्सको पुँजीको पहिलो खण्ड प्रकाशित भयो । त्यही बखत उनी प्राकृतिक विज्ञानको गम्भीर अध्ययनमा लागे । त्यही क्षेत्रलाई आजकल हामी पर्यावरण भनिरहेका छौँ । सन् १८६४ देखि १८७२ सम्मका पर्यावरणसम्बन्धी नोटबुक Marx-Engels-Gesamtausgade IV १८ मा पुस्तकाकारमा प्रकाशित छन् । ८२० पृष्ठको यो पुस्तकमा टिप्पणी र साभार समावेश छन् । साथै, अलग्गै ४७० पृष्ठको अर्को जानकारी र आलोचनात्मक टिप्पणीको अर्को पुस्तक छ । चार वटा नोटबुकमध्ये सन् १८६५/६६ को एउटा र सन् १८६८ को तीनवटा नोटमा कृषि रसायनशास्त्र, भूक्षय, वन विनाश, प्राणी विज्ञान, भूमिको तिरो, पुँजीवादी कृषि, जलवायु, ग्रामीण क्षेत्रमा सामाजिक सम्बन्धका साथै पुँजीवादी समाज र उपनिवेशमा कृषि सम्बन्धबारे चर्चा गरिएको छ ।


भूक्षय र वन विनाशको समस्या उन्नाइसौ“ शताब्दीमा युरोप र उत्तर अमेरिकामा ठूलो चासोको विषय थियो । उदाउँदो बृहत् पुँजीवादी कृषिको विस्तारसँगै यो समस्या बढेको थियो । त्यही बेला कृषि रसायनशास्त्रमा ठूलठूला प्रगति गरिएको थियो । सन् १८६० को दशकअघि मार्क्स आधुनिक कृषि विज्ञानले माटोको पुनः पूर्तिको समस्या समाधान गर्ने सोच्थे । सन् १८४६ मा प्रकाशित ‘द पोभर्टी अफ फिलोसोफी’ (दर्शनको गरिबी) मा उनले भनेका छन्, ‘रसायनशास्त्रको विकासले माटोको प्रकृति हरेक समय परिवर्तन भइरहेको छ, हामीले आज थाहा पाएको भूगर्भसम्बन्धी ज्ञानले जमिनको तुलनात्मक उत्पादकत्वमा क्रान्ति हुन थालेको छ ।’


भूक्षय र वन विनाशको समस्या उन्नाइसौ“ शताब्दीमा युरोप र उत्तर अमेरिकामा ठूलो चासोको विषय थियो । उदाउँदो बृहत् पुँजीवादी कृषिको विस्तारसँगै यो समस्या बढेको थियो । त्यही बेला कृषि रसायनशास्त्रमा ठूलठूला प्रगति गरिएको थियो । सन् १८६० को दशकअघि मार्क्स आधुनिक कृषि विज्ञानले माटोको पुनः पूर्तिको समस्या समाधान गर्ने सोच्थे । सन् १८४६ मा प्रकाशित ‘द पोभर्टी अफ फिलोसोफी’ (दर्शनको गरिबी) मा उनले भनेका छन्, ‘रसायनशास्त्रको विकासले माटोको प्रकृति हरेक समय परिवर्तन भइरहेको छ, हामीले आज थाहा पाएको भूगर्भसम्बन्धी ज्ञानले जमिनको तुलनात्मक उत्पादकत्वमा क्रान्ति हुन थालेको छ ।’ प्राकृतिक वैज्ञानिकहरूले पत्ता लगाएका माटोको रसायनसम्बन्धी ज्ञानका साथै रसायनिक मलको बढ्दो प्रयोगले कृषि उत्पादन बढाउनुका साथै माटोको पुनः पूर्तिमा ठूलो प्रगति भएको छ । यो उत्साह अझै पनि सकिएको छैन ।

सन् १८६० को दशकमा मार्क्सको सबभन्दा आमूल परिवर्तनकारी दृष्टिकोणमा सबभन्दा बढी प्रभाव जसटस भोन लेबिग (१८०३–१८७३) को थियो । लेबिग गेइस्सिन विश्वविद्यालयका प्राध्यापक थिए । पछि सो विश्वविद्यालय उनकै नाममा नामकरण भयो । उनलाई आधुनिक कृषि रसायनशास्त्रका पिताको रूपमा पनि व्याख्या गरिन्छ । लेबिगले अर्गानिक रसायनशास्त्रमा निकै ठूला परिवर्तन ल्याएका थिए । सन् १८४० मा उनको ‘अर्गानिक केमेस्ट्री एन्ड इट्स एप्लिकेसन टु एग्रिकल्चर एन्ड फिजियोलोजी’ (अर्गानिक रसायनशास्त्र र कृषि तथा शरीर विज्ञानमा त्यसको प्रयोग) पुस्तक प्रकाशित भयो । 

अहिले २२० पृष्ठमा प्रकाशित सन् १८६५/६६ को पर्यावरणीय नोटबुक सन् १८६७ मा ‘पुँजी’को पहिलो भाग प्रकाशित भएको समयमा लेख्न भ्याइएको थियो । लेबिगबारे मार्क्सले गरेको अध्ययनको आधारमा उनले पुँजीवादी कृषिबारे केही शक्तिशाली वाक्यहरू थपेका थिए । उदाहरणको लागि मार्क्सले लेखेका थिए, “पुँजीवादी व्यवस्थाअन्तर्गत कृषि र उद्योग मिल्दा ठूलो सहरीकरण निम्त्याउँछ । सहरीकरणले समाजको ऐतिहासिक शक्तिलाई केन्द्रित गर्छ । तर, त्यसले मानिस र पृथ्वीबीचको अन्तरक्रियामा दखल पुर्‍याएको छ । ...त्यसकारण, पुँजीवादी उत्पादनले उत्पादनको तौरतरिका र सामाजिक प्रक्रियाको विकास गर्छ भने सँगै जमिन र मजदुरजस्ता सबै धनका असली स्रोतलाई न्यूनाङ्कन गरेको हुन्छ ।”

पुँजीको खण्ड १ को पादटिप्पणीमा मार्क्सले लेबिगका ‘अमर कृति’मध्ये ‘आधुनिक कृषिको विनाशकारी पक्ष’को उजागर गर्नु हो भनी लेखेका छन् ।  मार्क्सको नोटबुकमा मूलतः सन् १८६२ मा प्रकाशित लेबिगको पुस्तकको छैटौ“ संस्करणबाट सन्दर्भ साभार गरिएको छ । त्यसमा लेबिगले आधुनिक कृषिको विनाशक पक्षको रूपमा ‘डकैती कृषि’ भनी व्याख्या गरेका छन् । अनि त्यस्तो ‘डकैती अर्थतन्त्र’को विकास अरूतिर भन्दा उत्तर अमेरिकामा बढी विकास भएको थियो ।


लेबिगको पुँजीवादी कृषिप्रति मार्क्सको टिप्पणीले उनलाई कृषि र वातावरणको विषयमा त्यतिबेलासम्म प्राकृतिक वैज्ञानिकहरूले लेखेका सबै कुराको अध्ययन गर्न उत्साहित बनायो । सन् १८६६ को फेब्रुअरी १३ मा मार्क्सले एङ्गेल्सलाई लेखेका थिए, “म दिउँसो–दिउँसो म्युजियम (बेलायती पुस्तकालय) मा जान्छु र राति–राति लेख्छु । जर्मनीका विशेषतः लेबिग र स्होनबेनका कृषि रसायनशास्त्रसम्बन्धी नयाँ कुरा उधिनिरहेको छु ।


लेबिगको पुँजीवादी कृषिप्रति मार्क्सको टिप्पणीले उनलाई कृषि र वातावरणको विषयमा त्यतिबेलासम्म प्राकृतिक वैज्ञानिकहरूले लेखेका सबै कुराको अध्ययन गर्न उत्साहित बनायो । सन् १८६६ को फेब्रुअरी १३ मा मार्क्सले एङ्गेल्सलाई लेखेका थिए, “म दिउँसो–दिउँसो म्युजियम (बेलायती पुस्तकालय) मा जान्छु र राति–राति लेख्छु । जर्मनीका विशेषतः लेबिग र स्होनबेनका कृषि रसायनशास्त्रसम्बन्धी नयाँ कुरा उधिनिरहेको छु । ती कुरा सबै अर्थशास्त्रीले लेखेका कुराभन्दा निकै महत्त्वपूर्ण छन् ।”

स्वीडेनका मार्क्सवादी स्टेभ–इरिक लेडमेनले अङ्ग्रेजी भाषामा लेखेको मार्क्सको जीवनी सन् २०१८ मा प्रकाशित भयो । त्यसमा उनले लेखेका मार्क्सको ‘अन्त्यहीन अध्ययन र सन्दर्भ सामग्रीको सङ्कलनले ज्ञानबीच कुनै खाडल बाँकी नछोडेको’ लेखेका छन् । सन् १८६६ मा मार्क्स जतिबेला लेबिग र अरू लेखकले लेखेका कृषिसम्बन्धी कृति पढिरहेका थिए, उनको निधनपछि एङ्गेल्सले पुँजीको तेस्रो भागको रूपमा सङ्कलन गरेका नोट उनको टेबुलमा थिए ।

मार्क्सबारे एउटा अनुत्तरित प्रश्न भनेको पुँजीको पहिलो भाग प्रकाशनपछि सन् १८७० को दशकमा उनका कृति किन निकै थोरै सङ्ख्यामा मात्र प्रकाशित गरिए ? उनको नोटबुका धेरै अंश अझै पनि प्रकाशन हुन नै बाँकी छ । ती सबैको अध्ययनले नै सम्भवतः यी प्रश्नको उत्तर दिनेछ । लेडमेनका अनुसार मार्क्सले ‘आफू कहिल्यै नमर्ने अमरजस्तो गरी आफ्नो अध्ययनलाई जारी राखे र नोट बनाइरहे ।’ जर्मनीका समाजवादी तथा मार्क्सका मित्र विलहेम लिब्नेख्तले तिनताका मार्क्सको चासोबारे लेखेका छन् :

 “विशेषतः भौतिकशास्त्र र रसायनशास्त्रलगायत प्राकृतिक विज्ञानको क्षेत्र र इतिहासको क्षेत्रमा मार्क्सले हरेक नया“ कुरालाई पछ्याए । हरेक नया“ प्रगतिको पुष्ट्याइ खोजे । हामी मार्क्सका प्रवचन गम्भीरतापूर्वक सुन्थ्यौ“ । ती प्रवचनमा रिकार्डो, एडम स्मीथ, मकालक, स्कटिस र आइरिस अर्थशास्त्रीहरूका नामस“गै मोलेस्चोट, लेबिग, हक्सलेका नाम पनि बरोबर उल्लेख हुन्थ्यो ।”

मार्क्सको चिन्तनमा पर्यावरणीय पक्ष थियो वा थिएन भन्ने कुरामा कुनै प्रकारको सन्देह भए हालसालै प्रकाशित सन् १८६५/६६ र विशेषतः सन् १८६८ को मार्क्सको नोटबुकले यो विषय उनको लागि ‘अरू कुनै पनि अर्थशास्त्री’भन्दा कति महत्त्वपूर्ण थियो भन्ने प्रस्ट पार्छ । सन् १८७० को दशकका उनका धेरै नोटबुक त अझै पनि प्रकाशित भएकै छैनन् । मार्क्सले चासो राखेको पर्यावरणीय समस्या आजको भन्दा फरक पक्कै थियो, तर पूर्णतः असम्बन्धित नै भने होइन । मार्क्सले पुँजीको खण्ड दुईको प्रकाशन सकाउन सकेका भए पर्यावरणसम्बन्धी मार्क्सका सिद्धान्तले अझ पूर्णता पाएको हुने थियो, जुन पुस्तक मार्क्सको निधनपछि एङ्गेल्सले सम्पादन र प्रकाशन गरेका थिए ।


मार्क्सको चिन्तनमा पर्यावरणीय पक्ष थियो वा थिएन भन्ने कुरामा कुनै प्रकारको सन्देह भए हालसालै प्रकाशित सन् १८६५/६६ र विशेषतः सन् १८६८ को मार्क्सको नोटबुकले यो विषय उनको लागि ‘अरू कुनै पनि अर्थशास्त्री’भन्दा कति महत्त्वपूर्ण थियो भन्ने प्रस्ट पार्छ । सन् १८७० को दशकका उनका धेरै नोटबुक त अझै पनि प्रकाशित भएकै छैनन् । मार्क्सले चासो राखेको पर्यावरणीय समस्या आजको भन्दा फरक पक्कै थियो, तर पूर्णतः असम्बन्धित नै भने होइन ।


 ‘इकोनोमिक एन्ड फिलोसोफिकल म्यानुस्क्रिप्ट अफ १८४४’ मा मार्क्सले ‘मानिसको विश्वव्यापकताले व्यवहारमा प्रकृतिकलाई उसको अजैविक हिस्सा बनाइदिन्छ’ भनी लेखेका छन् । एउटा प्राणीको रूपमा मानिस र बा“की प्रकृतिबीचको सम्बन्धलाई मानिसले सुरुदेखि नै आफ्नो चिन्तनको हिस्सा बनाएका थिए । आफू र प्रकृतिबीचको अन्तरक्रिया नियमन र नियन्त्रणको लागि मानिसले प्रयोग गर्ने प्रक्रिया नै श्रम हो ।

अन्तरक्रिया वा मेटाबोलिज्मको अवधारणा लेबिग र अन्य प्रकृति वैज्ञानिकले शरीर विज्ञान र जैविक रसायनशास्त्रको सन्दर्भमा उन्नाइसौँ शताब्दीमा ल्याएका हुन् । मेटाबोलिज्म शब्दले प्राणीभित्र हुने जैविक रासायनिक प्रक्रियाको व्याख्या गर्छ । (मेटाबोलिज्मको शाब्दिक अर्थ रासायनिक प्रक्रिया हो, यहाँ सहजताको लागि अन्तरक्रिया शब्दको प्रयोग गरिएको छ । यद्यपि, अन्तरक्रियाले पनि पूर्ण अर्थ भने दिन सकेको छैन) । उदाहरणको लागि प्राणीको शरीरभित्र जैविक वस्तुको ऊर्जामा रूपान्तरण हुनु अथवा बोटबिरुवा र माटोबीच हुने रासायनिक अन्तरक्रिया नै मेटाबोलिज्म हो । सबै जीवन भएका प्राणी र बोटबिरुवा मेटाबोलिज्मको हिस्सा हो । कहिलेकाहीँ यो प्रक्रिया टुक्रिन सक्छ । उदाहरणको लागि माटोमा दिनेभन्दा लिने क्रम बढे अथवा जब बोटबिरुवा र रुखले उत्पादन गरेको जति कार्बोनडाइअक्साइड प्रयोग गर्न सक्दैन भने मेटाबोलिज्मको प्रक्रिया टुक्रिन्छ । त्यतिबेला ‘मेटाबोलिज्म खाडल’को अवस्था आउँछ । उन्नाइसौँ शताब्दीको ‘दोस्रो कृषि क्रान्ति’ले निम्त्याएको पर्यावरणीय सङ्कटबारे व्याख्या गर्ने क्रममा मार्क्सले सन् १८६० को दशकमा ‘सोसल मेटाबोलिज्म’को अवधारणा अघि सारेका थिए ।

मार्क्सको लागि प्रकृतिसँग मानिसको मेटाबोलिज्म (अन्तरक्रिया) श्रममार्फत हुने भएकोले यो प्रक्रिया निश्चित उत्पादनको चरणसँग यो सम्बन्धित हुन्छ । उनले त्यसकारण लेबिगको “मेटाबोलिक खाडल’लाई पुँजीवादी अन्तरविरोधको विशिष्ट अवस्थाको रूपमा व्याख्या गरेका छन् । पुँजीको खण्ड ३ मा उनले प्रस्ट शब्दमा लेखेका छन्ः कथाको सार... पुँजीवादी व्यवस्था न्यायसङ्गत कृषि विपरीत जान्छ अथवा न्यायसङ्गत कृषि पुँजीवादी व्यवस्था अनुकूल हुने गर्दैन ।”

विशेषतः सन् १८६८ ताका मार्क्सलाई आकर्षित गर्ने अर्का वैज्ञानिक थिए–कार्ल निकोलस फ्रास । कृषि र वन विनाशले जलवायु र जलवायु परिवर्तनमा पार्ने प्रभावलाई फ्रासले दिएको जोडले उनको विचारलाई उल्लेख्य बनायो । मार्क्सले फ्रासको विचार सन् १८४७ मा प्रकाशित ‘क्लाइमेट एन्ड प्लान्ट वर्ल्ड ओभर टाइम’ (समयमा जलवायु परिवर्तन र जैविक विश्व)  र सन् १८५२ मा प्रकाशित ‘हिस्ट्री अफ एग्रिकल्चर’ (कृषिको इतिहास) मा पढेका र टिपेका थिए । सन् १८३७ देखि १८४२ सम्ममा फ्रास एथेन्सको शाही बागमा निर्देशक बनेका थिए । सन् १८४७ मा उनी एथेन्सको विश्वविद्यालयमा प्राणीशास्त्रका प्राध्यापक बने । सन् १८४७ मा उनी जर्मनी फर्के । उनले म्युनिखको विश्वविद्यालयमा कृषि रसायनशास्त्रको अध्यापन गरे ।

निकोलस फ्रासको भनाइमा वातावरण र उत्पादनको प्राकृतिक अवस्थाले मानव सभ्यता र विशेषतः कृषिले न्यूनाङ्कन गरेको छ । उनले वन विनाशको विरोध गरेका छन् । किनभने ‘निकै अम्लीय र बलौटे माटो भएको क्षेत्र वा चुनढुङ्गाको मात्रा बढी भएको क्षेत्रमा वन विनाश गर्दा तापमान निकै बढ्ने गर्छ ।’ उनले प्राचीन ग्रीस र रोममा बोट बिरुवाको हुर्काइको अध्ययन गरेर कृषि र वन विनाश जलवायु परिवर्तनसँग सम्बन्धित भएको निष्कर्ष निकाले । वन विनाशले नै अन्ततः मरुभूमिकरण बढ्ने र मानव सभ्यता नै नष्ट हुने उनले निष्कर्ष निकालेका थिए ।

निकोलस फ्रासले ‘क्लाइमेट एन्ड प्लान्ट वल्र्ड...’ पुस्तकमा लेखेका छन्– “मानिसले प्रकृतिको संसार बदल्छ । प्रकृतिमाथि मानिस धेरै कोणबाट निर्भर रहन्छ र सबैले सोचेभन्दा यो निर्भरता निकै माथि छ । वास्तवमा मानिसले प्रकृतिमा यति धेरै परिवर्तन गर्न सक्छ कि प्रकृतिले मानिसलाई चाहेको कुरा दिनै नसक्ने अवस्थासम्म पुग्न सक्छ ।... यसमा परिवर्तनको कुनै आशा छैन ।”

मार्क्स निकोलस फ्रासबाट प्रभावित थिए । सन् १८६८ को मार्च २५ मा एङ्गेल्सलाई लेखेको चिट्ठीमा मार्क्सले फ्रासको पुस्तक ‘निकै रोचक’ भएको लेखेका छन् । उनले जलवायु र वनस्पति ऐतिहासिक समयमा परिवर्तन भएको कुरा फ्रासको पुस्तकमा प्रमाणित गरेका छन् । फ्रासले लेखेका छन्, “प्रारम्भिक तरिकाबाट अघि बढेको कृषिमा कुनै प्रकारको सचेत नियन्त्रण नभए (उनले धन्न बुर्जुवाको कुरा गरेका छैनन्) मरुभूमिकरण हुनेछ ।”


मार्क्स निकोलस फ्रासबाट प्रभावित थिए । सन् १८६८ को मार्च २५ मा एङ्गेल्सलाई लेखेको चिट्ठीमा मार्क्सले फ्रासको पुस्तक ‘निकै रोचक’ भएको लेखेका छन् । उनले जलवायु र वनस्पति ऐतिहासिक समयमा परिवर्तन भएको कुरा फ्रासको पुस्तकमा प्रमाणित गरेका छन् ।


निःसन्देह मार्क्सको निष्कर्ष न कुनै वैज्ञानिक समाधानमा निर्भर छ न त  भविष्यप्रति निराशावादी नै छ । बरु उनी पुँजीवादी व्यवस्थाको अन्त्य र समाजवादी समाज स्थापनाको पक्षमा छन् । समाजवादी समाजले मात्र प्रकृतिसँग मानिसको अन्तरक्रिया (मेटाबोलिज्म)लाई न्यायसंगत तरिकाले नियन्त्रण गर्छ, सामूहिक नियन्त्रण कायम गर्छ, न्यूनतम ऊर्जा खर्च गरेर उपयुक्त मानवीय प्रकृति र अर्थपूर्ण तरिकाबाट यो अन्तरक्रिया गरेको हुन्छ ।

फ्रासपछि र सम्भवतः फ्रासले प्रशंसा गरेको हुनाले मार्क्सले जर्ज लुडविग भोन मौरेरलाई पढे । उनी एक जना न्यायाधीश र कानुनका इतिहासकार थिए । उनी म्युनिख विश्वविद्यालयमा जर्मनी र फ्रान्सेली ऐतिहासिक न्यायशास्त्र पढाउँथे । सन् १८५६ देखि १८७१ सम्ममा उनले जर्मनी जनताबीच सम्पत्ति अधिकारसम्बन्धी कानुनी इतिहासका एघार खण्ड पुस्तक लेखे । १८५४ मा प्रकाशित उनको पुस्तक ‘इन्ट्रोडक्सन टु द हिस्ट्री अफ द कन्स्टीच्युसन अफ द मार्क, फार्म भिलेज एन्ड टाउन एन्ड इट्स पब्लिक अथोरिटी’ (मार्क, कृषि गाउँ र नगर तथा त्यसका सार्वजनिक संस्थाको संविधानको इतिहास) बाट मार्क्सले निकै धेरै टिपोट लिए । मौरेरले सुरुका जर्मनीका जनताबीच सामूहिक काम गर्ने र भूमिमाथि सामूहिक स्वामित्व हावी भएको सामाजिक व्यवस्था कायम रहेको सिद्धान्तको व्याख्या गरेका छन् । त्यस्ता समुदायको प्रशासनिक काम सम्हाल्ने निकायलाई मार्क भनिन्थ्यो । त्यो सामाजिक बन्दोबस्तमा दिगो कृषि व्यवस्था कायम थियो ।

सन् १८७६ मा मार्क्स मौरेरका पुस्तक अझै पढिरहेका थिए । (त्यो वर्ष मार्क्सका तीन वटा नोटबुक थिए) त्यो क्रममा उनको मृत्यु सन् १८८२ सम्म पनि चालू रह्यो । मौरेरका कृतिबाट प्रभावित भएर उनले मानिस र पुँजीवादभन्दा अघि र पश्चिमा समाजभन्दा अघिको प्रकृति तथा मानिसबीचको अन्तरक्रियाको परीक्षण गर्न चाहेका थिए । त्यसकारण, मार्क्सको ध्यान रुसी गाउँहरूतिर गयो । सन् १८७०–७१ मा मार्क्स रुसीहरूसँग आफै संवाद गर्न रुसी भाषा सिक्नतिर लागे । रुसी भाषामै बहस र अनुसन्धानमा सहभागी बन्ने चाहनाले उनलाई त्यता डोर्‍याएको थियो । मार्क्सकी श्रीमती जेनीले सन् १८७० को जनवरीमा एङ्गेल्सलाई लेखिएको पत्रमा भनिएको छ, “उनी रुसी भाषा सिक्नतिर यसरी लागेका छन्, मानौँ त्यो जीवनमरणको प्रश्न हो ।”


मार्क्सको ध्यान रुसी गाउँहरूतिर गयो । सन् १८७०–७१ मा मार्क्स रुसीहरूसँग आफै संवाद गर्न रुसी भाषा सिक्नतिर लागे । रुसी भाषामै बहस र अनुसन्धानमा सहभागी बन्ने चाहनाले उनलाई त्यता डोर्‍याएको थियो । मार्क्सकी श्रीमती जेनीले सन् १८७० को जनवरीमा एङ्गेल्सलाई लेखिएको पत्रमा भनिएको छ, “उनी रुसी भाषा सिक्नतिर यसरी लागेका छन्, मानौँ त्यो जीवनमरणको प्रश्न हो ।”


एक दशकपछि सन् १८८१ मा यही विषयमा भेरा जसुलिचसँग छलफल भयो । उनले जसुलिचलाई पश्चिमा युरोप र उत्तर अमेरिकाका समाजहरू कामदार जनता, विज्ञान र त्यसले जन्माउने हरेक उत्पादक शक्तिसँग द्वन्द्वमा छन् । सङ्क्षेपमा भन्दा यो एउटा यस्तो सङ्कट हो जसको अन्त्य आफ्नै निमूर्लनबाट हुन्छ । सामूहिक स्वामित्व र उत्पादनको उच्च तहको विशिष्ट आधुनिक समाजमा पुगेर मात्र यो द्वन्द्वको समाप्त हुनेछ ।” त्यतिबेलासम्म मार्क्स पर्यावरणीय सङ्कट विज्ञान वा आधुनिक रसायनशास्त्रले मात्र समाधान नहुने कुरामा प्रस्ट भइसकेका थिए । उत्पादन शक्ति र उत्पादन सम्बन्धमा आधारभूत परिवर्तनले नै यसको समाधान हुनेमा उनी स्पष्ट भइसकेका थिए ।

पुँजीको पहिलो खण्ड प्रकाशनपछिको वर्षमा मार्क्सले अध्ययन गरेका प्राकृतिक वैज्ञानिक र इतिहासकारमध्ये यी केही मात्र हुन् जो MEGA चौथो अङ्क १८ मा सङ्कलित छ । बा“की अरू अङ्ग्रेजी कृषिविद् जोन लकहार्ट मोर्टन, जर्मन अर्थशास्त्री र दार्शनिक युजेन ड्युरिङ, फ्रान्सेली अर्थशास्त्री र कृषि इतिहासकार लिओन्स डी लाभरेन्ज, अमेरिकी अर्थशास्त्र हेनरी चार्ल्स केरी र अरू पनि धेरै ।

पर्यावरणको क्षेत्रमा काम गरिरहेका अध्येताहरूको निम्ति पर्यावरणबारे मार्क्सको धारणा समावेश पुस्तकको प्रकाशन खुसीको कुरा हो । यसले मार्क्समा पर्यावरणप्रति गहिरो अभिरुचि भएको पुष्टि गरेको छ । वास्तवमा उनी ‘मेटाबोलिक खाडल’बारे बुझ्न र त्यसप्रति धारणा बनाउन गम्भीररूपमा लागेको देखिन्छ । तर, सामाजिक मेटाबोलिज्म, पुँजीवादबारे मार्क्सको आलोचना कसरी उनको श्रम र अतिरिक्त मूल्य सिद्धान्तसँग जोडिएको छ भन्ने कुरा मार्क्सवादी पर्यावरणवादीहरूबीच छलफल चालू नै छ ।

 (मार्क्स एन्ड फिलोसोफी रिभ्यु अफ बुक्स, अगस्ट १२, २०१९ मा पुस्तक समीक्षाको रूपमा प्रकाशित)

स्रोत : क्लाइमेट एन्ड क्यापिटालिज्म, नेपाली अनुवाद : नीरज लवजू   ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.