सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

रौतहटमा क्वारेन्टाइनबाट घर फर्कनेको संख्या बढ्दै

आइतबार, २८ वैशाख २०७७, ०९ : ३९
आइतबार, २८ वैशाख २०७७

रौतहट – विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको आशंकामा रौतहटको बिभिन्न क्वारेन्टाइनमा रहेर उपचार पछि घर फर्किनेको संख्या बढ्ने क्रम जारी छ ।  

जिल्ला सदरमुकाम गौर,कटहरिया,फतुवा बिजयपुर,चन्द्रपुर लगायत बिभिन्न २६ स्थानमा रहेको क्वारेन्टाइनबाट उपचारपछि घर फर्किने बिरामीको संख्ययाको संख्या बढ्दै गएको हो ।

शनिवार अपरान्हसम्म पाँचसय १० जना बिभिन्न क्वारेन्टाइनमा लगातार १४ दिन उपचारपश्चात घर फर्किसकेको रौतहटका सिडिओ बाशुदेव घिमिरेले बताए । 

हाल जिल्लाको क्वारेन्टाइनमा ३७ जना महिला सहित २ सय ८६ जना कोरोनाको आशंका गरिएका बिरामीको उपचार भइरहेको  सिडिओ बाशुदेव घिमिरेले बताए । 

क्वारेन्टाईनमा रहेका शंकास्पदमध्ये कुुल चारसय ६२ जनाको स्वाब संकलनगरी जाँचको लागि पठाइएको छ । 

सो मध्ये जाँचको रिपोर्टमा तिनसय ४२ जनाको निगेटिभ ३ जनाको पोजिटिभ र अन्यको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप