लन्डनमा नेपाली चेली कन्चन अमात्यलाई शाही सम्मान
डिसी – काठमाडौँ जावलाखेल स्थायी घर भएकी हाल अमेरिकामा बस्दै आएकी नेपाली चेली कन्चन अमात्यलाई शाही सम्मान साथ मानवता सेवा पुरस्कार प्राप्त भएको छ ।
उनलाई बेलायती शाही परिवारद्वारा मानवता र सामाजिक कार्यमा गरेको असल कामको मुल्यांकन गर्दै उक्त सम्मान गरिएको हो ।
यो सम्मान बेलायती शाही परिवारको एक प्रतिष्ठित नागरिक सम्मान उच्च पुरस्कार हो ।
उक्त पुरस्कार अमात्यसहित १९ वटा अन्य राष्ट्रहरुका व्यक्तिहरुलाई सम्मान प्रदान गरिएको छ ।
जसमा बेलायत,क्यानाडा,मलेसिया,नाईजेरिया,तान्जेनिया र भारतका नागरिक समेत रहेका छन् ।
उक्त पुरस्कार ड्युक अफ क्याम्ब्रिज प्रिन्स विलियम र डायनाका भाई लर्ड एर्ल स्पेन्सर पुरस्कार समारोहमा वितरण गरिएको थियो ।
अमात्य शीर्ष २० उत्कृष्ट युवाहरूको छनौटमा परेकी थिइन् । उनीहरू समुदायको सेवाका लागि नयाँ पुस्तालाई प्रेरणा र परिचालन गर्ने आफ्नो क्षमता प्रदर्शन गरेका थिए ।
सम्भवतः उनी यो सम्मान पाउने पहिलो नेपाली युवा नेतृत्व हुन्। अमात्य गत बर्ष २०१९ मा डायना अवार्ड रोल अफ अनर बाट सम्मानित भइसकेकी छिन् ।
उक्त पुरस्कार कन्चन अमात्यकी आमा कृष्ण अमात्यले ग्रहण गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभा बैठक बस्दै, यस्ता छन् सम्भावित ८ कार्यसूची
-
बजेट निर्माणको बेला कर्णालीको एउटा मन्त्रालय मन्त्री विहीन, एक सचिव विहीन
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
-
लुम्बिनीमा पहिलो आवधिक योजनाको लक्ष्य प्राप्त भएन
-
यी चार प्रदेशमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना, तराईमा तातो हावा चल्ने
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर