वीरगञ्ज महानगरमा यसरी हुँदैछ उम्मेदवारी दर्ता (तस्बिरसहित)
पर्सा– पर्साको १ महानगरपालिका ३ नगरपालिका र १० गाउँपालिकामा विहान १० बजेदेखी सुरु भएको उम्मेदवारी मनोनयनको काम जारी छ ।
जिल्ला समन्वय समितिको हलमा राखिएको मनोनयन दर्ता केन्द्रमा वीरगंज महानगरपालिका वडा नम्बर १४ बाट वडा सदस्यका स्वतन्त्र उम्मेदवार सनउलाह अंसारीले पहिलो उम्मेदवारी दर्ता गराएका थिए ।
यहाँ सुरुमा अधिकांश वडा सदस्य र वडा अध्यक्षका स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
राजनीतिक दलबाट सवैभन्दा पहिले ११ बजे संघीय समाजवादी फोरम नेपालका तर्फबाट महानगरपालिकाको मेयर र उपमेयरका लागि क्रमशः विजय कुमार सरावगि र पिंकी देवी यादवले उम्मेदवारी दिए । सरावगी र यादवले आफ्ना वारेश तवरेज अहमद मार्फत उम्मेदवारी दिएका हुन् । त्यसैगरी वीरगंज ३१ को वडा अध्यक्षको लागि नेपाल मजदुर किसान पार्टीका अमानुल्लाह अंसारीले पनि उम्मेदवारी दिएका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय जनता पार्टी र लोकतान्त्रीक फोरमले दुई बजे पछिको समय लिएको प्रमुख निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिए ।
दलहरुलाई उम्मेदवारी दिन सहज बनाउन मुख्य निर्वाचन कार्यालयले एउटा टेवलमा तीन वटा वडाका प्रतिनिधिले उम्मेदवारी दिने गरी व्यवस्था मिलाएको छ भने एउटा ढोकाबाट भित्रीने र अर्को ढोकाबाट बाहिरीने व्यवस्था मिलाएको छ ।
उम्मेदवारी दिँदा दलहरुले आफ्ना समर्थकसहित बाजागाजा गर्दा अन्य दल वा उम्मेदवारसँग झडप नहोस भनेर सुरक्षा व्यवस्थालाई कडा पारेको छ । बजारका मुख्य चोकमा प्रहरीले ब्रेकर समेत राखेको छ । दलहरु उम्मेदवारीलाई भव्य बनाउनका लागि सवै वडाहरुबाट समर्थकसहित वीरगंज आउने क्रम जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण