म्याच फिक्सिङ मुद्दाः सर्वोच्चद्वारा पूर्व कप्तान थापासहित ६ जनालाई सफाई
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय फुटबल टोलीका तत्कालिन कप्तान सागर थापासहित ६ जनालाई सफाई दिएको छ। तत्कालिन फुटबल टोलीका कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, विकास सिंह क्षेत्री, पूर्वखेलाडी अन्जन केसी र डेबिड थापाले अन्तिम सफाइ पाएका हुन् । ६ वर्षअघि महानगरीय अपराध महाशाखाले थापासहित ६ जनालाई पक्राउ गरेको थियो ।
सर्वोच्च अदालतका न्यायाधिशद्धय आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले उनीहरुलाई सफाइ दिएको हो । विभिन्न देशसँगको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा उनीहरुलाई प्रहरीले २०७२ साल असोज २७ पक्राउ गरेको थियो । २०७५ जेठ २४ गते विशेष अदालतले उनीहरुलाई म्याच फिक्सिङ सम्बन्धी कानुन नभएको भन्दै सफाइ दिएको थियो । त्यसलगत्तै उनीहरु विरुद्ध राज्यविरुद्धको कसूरमा मुद्धा दायर भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण