शम्भु सदा र वीरेन्द्र यादवको मृत्यु भएको घटनाप्रति काँग्रेसको गम्भीर ध्यानाकर्षण
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले शम्भु सदा (मुसहर)को मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । धनुषा सवैला नगरपालिका १२ रघुनाथपुर वर्कुवा निवासी शम्भु सबैलास्थित ईलाका प्रहरी कार्यालयकै हिरासतमा जेठ २८ गते शौचलायमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । काँग्रेसले घटनाको न्यायिक छानविन गरी सत्य तथ्यका आधारमा दोषीलाई कारबाही गर्नुका साथै मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा भारतबाट रोजगारी गरी फर्किएका वीरेन्द्र यादवको भोकका कारण मृत्यु विषयमा पनि काँग्रेस ध्यानाकर्षण भएको जनाइएको छ । पौडेलका अनुसार धनुषा शहीद नगरपालिका ८ गोठकोइलपुर निवासी वीरेन्द्र यादव लकडाउनको बेला नेपालको सीमाना नगराइन नगरपालिका जटही टोल सीमा प्रवेश गर्दै गर्दा धेरै दिनको भोकका कारण मृत्यु भएको थियो ।
विज्ञप्तिमा भनिएको छ, ‘लकडाउनको अवस्थामा सीमानामा सरकारले बस्ने, खाने र गुणस्तरीय क्वारेन्टिनको व्यवस्था नगरेका कारण अनाहकमा नागरिकले मृत्युवरण समेत गर्नु पर्ने जटिल परिस्थिति सिर्जना भएको घटनाप्रति नेपाली कांग्रेसको ध्यानाकर्षण भएको छ । कांग्रेस सदा र यादवको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग काँग्रेस माग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण