सत्य
मङ्गलबार, ०९ असार २०७७, २३ : ०६
म निकै हिँडिसके
समयको चट्टानी परतमा
सत्यको उत्खनन गर्न
म कैयौँपटक लडेकी छु
खाडलमा
जहाँ सत्य आत्मसन्तुष्ट भएर बसेको छ
र उद्धारित हुन चाहँदैन
किनभने धरती उसका लागि तुच्छ हो रे ।
म धेरै पटक खसेकी छु
अनन्त गहिराइमा
र मृत्युलाई तिरस्कार गर्दै
आफ्नै बुँतामा उठेकी पनि छु ।
समय बितिसक्यो तर म
अझै लागिपरेकी छु ।
एकपटक फेरि
आफ्नो मूलको खोजी गर्नेछु
म उठेर फेरि हिँड्नुपूर्व
केही प्रश्नहरू बेसिल्सिलेवर आउने होलान्
तोपको मुखमा बसेर
काम्नेछन् मेरा शब्दहरू
मेरो मौनता केही क्षणका लागि प्रतिध्वनित हुनेछ
एक पटक फेरि
एक थोपा आँशु बाँकी छाडिनेछ
यसका अवशेषहरू पाइयून भनेर
जमिसकेको समयको गर्भमा ।
सुश्री सङ्गीता मिश्र, चेन्नई
नेपाली अनुवाद : ई. सन्तोषकुमार पोखरेल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा