सुस्मिता थापा हत्या प्रकरण– ४ आरोपी सार्वजनिक
हेटौंडा । गत असार २ गते हेटौँडामा मृत भेटिएकी सुस्मिता क्षेत्री थापा हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेका ४ जनालाई आज सार्वजनिक गरेको छ । सो प्रकरणमा प्रहरीले मृतक सुस्मिताका ससुरा प्रकाश, सासू, तुलसा, नन्दहरु दुर्गा र सीतालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
६ महिना अघि दुर्घटनामा मारिएका सुस्मिताका पति रुपेन्द्र कार्यरत संस्थाबाट तलब, भत्ता तथा बीमासमेत गरी प्राप्त हुने रु ३८ लाख २८ हजार तथा पतिको दुर्घटनापछि क्षतिपूर्तिवापत सुस्मिताले प्राप्त गरेको रु पाँचलाखको विवाद, ससुराले गरेको बलात्कार प्रयासको घटना बाहिरिने डर लगायतले उनको हत्या भएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले पत्रकार सम्मेलनमा जानकारी दिए ।
सुस्मितालाई ससुराले काठको लौरो र नन्द सीताले लोहोराले हानेर हत्या गरेको प्रहरीले दावी गरेको छ । पक्राउ परेकी सासू र घटनाको समयमा काठमाडौँमा भएकी जेठी नन्दको पनि हत्यामा संलग्नता रहेको तथा घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन आयोगले आफ्नो जनप्रतिनिधिलाई दबाब दिएको जसपा नेपालको आरोप
-
‘लिभ-इन’बारे जिनतको समर्थनमा सोमी, भनिन्- यसले सम्बन्धविच्छेदको सम्भावना कम गर्छ
-
सलमानले माफी मागे विचार गर्न सकिन्छ : बिश्नोई समाज
-
तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत प्रगति
-
कामकाजी भाषा ऐनको कार्यान्वयनमा दबाब : प्रदेशसभा सदस्य महर्जनद्वारा नेपाल भाषामा मन्तव्य
-
बाबर आजमले तोडे विराट कोहलीको कीर्तिमान