एमसीसीको विरोधमा माइतीघरमा प्रदर्शन
काठमाडौं । एमसीसी, भ्रष्टाचार, र बेथितिको विरोधमा बुधबार पनि विभिन्न समूहले प्रदर्शन गरेका छन् ।
काठमाडौंको माइतीघरमा संयुक्त राष्ट्रिय नागरिक आन्दोलन तयारी समिति २०७७ को आयोजनामा विभिन्न समूहले संयुक्त नागरिक खबरदारी सभाको आयोजना गरी विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा एमसीसी, भ्रष्टाचार, बेथिति, बैंकको ब्याज र किस्ता, पीसीआर टेस्टमा बेथिति बढेको भन्दै प्रदर्शनकारीहरु विभिन्न नारा लेखिएका पम्पप्लेट सहित सडकमा उत्रिएका थिए । उनीहरुले ‘सरकार हामीलाई गरि खान देउ’, ‘लकडाउन अवधिको घरभाडा छुट गरीपाउँ’, ‘नो एमसीसी’, ‘एमसीसी चाहिदैन लागू गर्न पाइदैन’, ‘पीसीआर परीक्षण गर्न पाउनु हाम्रो स्वास्थ्य सम्बन्धी अधिकार हो’, ‘सार्थक लोकतन्त्र बिना कुनैपनि राष्ट्र बन्दैन’, ‘सलुन खोल्न देउ’, ‘नागरिक आयोग गठन गर’ लगायत लेखिएका ब्यानरहरु लिएर प्रदर्शनकारीहरु उभिएका थिए ।
उनीहरुले एमसीसी खारेज गर्न, बैंकको ब्याज घटाउन, पीसीआर टेस्ट बढाउन, भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै नाराबाजी समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता
-
फिल्म ‘खुस्मा’ को छायाङ्कन रुकुमको मैकोटबाट सुरु