लकडाउनपछि राजस्व अनुसन्धान विभागको एक्सनः राजस्व चुहावट गर्नेलाई धमाधम कारबाही

लकडाउनका कारण प्रभावित बनेको राजस्व अनुसन्धानले फेरि तिव्रता लिएको छ । राजस्व अनुसन्धान विभाग राजस्व चुहावट गर्नेलाई धमाधम कारबाही गर्न थालेको छ ।
पछिल्ला समय नक्कली बिल बिजक बनाएर राजस्व चुहवाट गर्ने विभिन्न कम्पनीलाई ४० करोड ६१ लाख छली गरेको आरोपमा विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
सागर प्लाष्टिक कन्सर्न र सुप्रिम प्लाष्टिक कन्सर्नले नक्कली बिल बिजक बनाएर ३२ करोड ६० लाख रुपैयाँ राजस्व छली गरेको भन्दै उनीहरु विरुद्ध अदालतमा मुद्दा दायर भएको हो । राजस्व अनुसन्धान विभागले उनीहरुलाई बिगो बराबर तथा दोब्बर जरिवाना र कैद सजायको माग गर्दै अदालतमा मुद्दा दायर गरेको हो ।
सागर प्लाष्टिक कन्सर्नका प्रोपाइटर सञ्जु किजु र मूख्य आरोपित सागर किजुले २६ करोड ३२ लाख र सुप्रिम प्लाष्टिक कन्सर्नका सागर किजुले ५ करोड ७७ लाख रुपैयाँ राजस्व चुहावट गरेको अभियोगमा यहि असार १७ गते जिल्ला अदालत पाटनमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
उनीहरुले मूल्य अभिबृद्धि कर र आयकरमा नक्कली विल बिजक बनाएर राजस्व चुहावट गरेको भनिएको छ ।
यता काठमाडौकै बिकोइ स्काइ बंगलामुखी जेभी विरुद्ध पनि उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ । सो संस्थामा साझेदार सञ्चालक रोशन कुमार श्रेष्ठले समेत राजस्व चुहावट गरेको भन्दै ८ करोड एक लाख विगो असुल र कैद सजायको माग गर्दै अदालतमा मुद्दा दायर भएको हो ।
यस्तै सुन चोरी पैठारी गर्ने भारतीय नागरिक विरुद्ध पनि विभाग एक्सनमा उत्रिएको छ । भारतीय नागरिक अब्दुल मजिद अनेकल र रोशन भनिने लुक्मानियल हाकीमले ६ किलो २८९ ग्राम ३५० मिलिग्राम सुन भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको भन्दै ४ करोड २२ लाख २० हजार बिगो दाबी गर्दै यही जेठ ११ गते विभागले उच्च अदालत हेटौडामा मुद्दा दायर गरेको छ । उनीहरुलाई विदेशी विनिमय कसुरमा समेत थप अनुसन्धान भइरहेको छ ।
यता विदेशी विनिमय अपचलन गरेको अभियोगमा पनि भारतीय नागरिक पक्राउ परेका छन् । भारतीय ट्रक चालक रवी कुमार शर्मा र पप्पु कुमारले विदेशी विनिमय अपचलन गरेको भनिएको छ ।
उनीहरुलाई १ करोड ७५ लाख बिगो कायम गरी मोरङ जिल अदालतमा जेठ २द्द गते मुद्दा दायर भएको छ । विराटनगरको एक नम्बर गेटमा उनीहरुको साथबाट प्रहरीले एक करोड ९ लाख ७९ हजार ५ सय ३० भारतीय रुपैयाँ बरामद गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गलादेशमा राजनीतिक प्रदर्शनले दैनिक जीवन अस्तव्यस्त
-
गाजामा हमास नेताको मृत्यु भएको इजरायलको दाबी
-
मुख्यमन्त्रीद्वारा लगानी सम्मेलनबारे छलफल
-
तरुण दल लमजुङको अधिवेशनमा खुकुरी हान्ने एक जना पक्राउ
-
१० बजे, १० समाचार : अफताव आलम रिहादेखि प्रचण्डलाई प्रधानमन्त्री ओलीको फोनसम्म
-
झारफुक गर्ने बहानामा बाल यौन दुर्व्यवहार गर्ने एक जना पक्राउ