विप्लव र नयाँ शक्तिको जिल्ला कार्य समिति माओवादी केन्द्रमा विलय
भक्तपुर – नयाँ शक्ति पार्टी नेपाल र विप्लव नेतृत्वको नेकपाको जिल्ला पार्टी कमिटी नेकपा माओवादी केन्द्रमा विलय भएको छ ।
भक्तपुरको सूर्यविनायकमा आयोजित वृहत बैचारिक राजनितिक धुव्रिकण कार्यक्रममा यी दुई पार्टीका जिल्ला अध्यक्ष सहतिको समूह माओवादी केन्द्रमा समाहित भएका हुन् ।
नयाँ शक्ति नेपाल पार्टीका जिल्ला संयोजक ओम वाग्लेको नेतृत्वमा कार्य समिति र केन्द्रिय परिषदका केहि सदस्य गरी ६२ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
त्यसैगरि नेकपा (माओवादी) विप्लव नेतृत्वको जिल्ला पार्टी कमिटी अध्यक्ष युवराज आर्चायको नेतृत्वमा ७२ जनाले पार्टी प्रवेश गरेको नेकपा माओवादी केन्द्रका नेता डिपी ढकालले जानकारी दिए ।
उक्त कार्यक्रमा बोल्दै माओवादी केन्द्रका संगठन विभाग प्रमुख रामबहादुर थापा ‘बादल’ले वैचारिक धुव्रिकरण अहिलेको आवश्यकता भएको बताए ।
कार्यक्रममा माओवादी केन्द्रका नेता पासङ्ग शेर्पाले नेकपा एमाले नाम मात्रैको कम्युनिष्ट भएको र डाक्टर बाबुराम भट्टराई र नयाँ शक्ति पार्टी प्रतिगमनकारी र राजावादीको घेरमा रहेकोले मुलुकको हित गर्न नसक्ने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण