एनआईसी एशिया लघुवित्तको सेयर सूचीकृत, कारोबार खुलेको पहिलो दिनमै बढेर पोजेटिभ सर्किट लाग्यो
एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ ।
कम्पनीले सर्वसाधरणमा वितरण गरेको ४७ लाख ५५ हजार कित्ता र संस्थापक १ करोड ४५ हजार कित्तासमेत गरी १ करोड ४८ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको हो ।
बुधबार सूचीकृत भएको सो सेयरको कारोबार आजदेखि भएको छ । तर, कारोबार भएको पहिलो दिनमै सेयर बढेर पोजेटिभ सर्किट समेत लागेको छ । नेप्सेले सुरु कारोबारका लागि ११० रुपैयाँ ४३ पैसादेखि ३३१ रुपैयाँ २९ पैसासम्मको ओपन रेन्ज दिएको थियो ।
यस संस्थाले आ.व. २०७६÷७७ को तेस्रो त्रैमाससम्ममा कर्जा लगानी ७ अर्ब २२ करोड रुपैयाँ पु¥याउन सफल भएको छ र बचत संकलन तर्फ. १ अर्ब १ करोड रुपैयाँ पु¥याउन वित्तीय संस्था सफल भएको छ ।
वित्तीय संस्थाले आफ्नो रणनीति अनुसार कर्जा लगानीलाई विविधिकरण गर्दै आएको छ । यस त्रैमासमा वित्तीय संस्थाको निश्कृय कर्जा अनुपात ०.३२ % र प्रतिशेयर आम्दानी रु १६.३० रहेको छ । हाल खोलिएको शाखाहरु सहित ३३ जिल्लामा १०५ शाखा कार्यालयहरुबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजा चार्ल्सले अर्को सातादेखि सार्वजनिक जिम्मेवारी निभाउन सुरु गर्ने
-
जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
-
बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार सिंहले गरे मतदान
-
राप्रपा नेतामाथि कुटपिट आरोपमा पक्राउ परेका बम रिहा
-
उपनिर्वाचन : इलाम–२ का चार उम्मेदवारले गरे मतदान
-
देशमा लगानीको वातावरण बन्दै गएको छ : अध्यक्ष अग्रवाल