प्रदेश १ का १४ सङ्क्रमित निको भई घर फर्किए
शुक्रबार, २६ असार २०७७, ०९ : १५
प्रदेश नं मा १ मा बिहीबार दुई जना कोभिड–१९ सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सङ्क्रमित हुनेमा झापा र सुनसरीका एक/एक जना रहेका छन् । प्रदेशमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या ७०४ पुगेको छ ।
यस्तै प्रदेशबाट बिहीबार १४ जना सङ्क्रमित निको भई घर फर्केका छन् । यसरी घर फर्केनेमा दुई महिलासहित १४ जना छन् ।
पूर्वाञ्चल विश्वविद्यालय कोभिड–१९ आइसोलेसन अस्पताल मोरङबाट नौ जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट तीन जना र कोभिड–१९ आइसोलेसन केन्द्र उदयपुरको चौदण्डीगढीबाट दुई सङ्क्रमित निको भै घर फर्केको मन्त्रालयले जनाएका छ । प्रदेशबाट अहिलेसम्म निको हुनेको सङ्ख्या ५४१ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
-
राम चरणको ‘पेद्दी’ बक्स अफिसमा हिट, कमाई कति ?
-
पहिलो खेलमा उत्कृष्ट इतिहास बोकेको नेदरल्यान्ड्स र उच्च लयमा रहेको जापान भिड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण