मिर्गौलाको अवैध कारोबार गरेको आरोपमा भरतपुर मेडिकल कलेजका तीन डाक्टर पक्राउ
काठमाडौं । भरतपुर मेडिकल कलेजका तीन जना डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । मिर्गौलाको अवैध कारोबार गरेको आरोपमा शनिबार मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले त्यहाँ कार्यरत तीन डाक्टरलाई पक्राउ गरेको हो ।
यस्तै जिल्ला प्रशासन कार्यालयका एक कर्मचारी पनि पक्राउ परेका छन् ।
ब्यूरो स्रोतका अनुसार पक्राउ पर्नेमा डाक्टरहरु राकेश बर्मा, सुप्रवास श्रेष्ठ र बालकउष्ण कालाखेती रहेका छन् ।
जिल्ला प्रशासन कार्यालयका कर्मचारीको नाम भने खुलाइएको छैन । उनीहरुमाथि नेपाली नागरिकलाई भारतीय बनाएर मिर्गौला प्रत्यारोपण गराएको आरोप छ ।
सो अस्पताल चितवनको पुरानो मेडिकल कलेजको नामले पनि परिचित छ। प्रहरीले अभियुक्तहरुलाई काठमाडौं ल्याउँदै छ भने आइतबार पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गर्ने ब्यूरोको तयारी छ ।
प्रहरीका अनुसार लामो अनुसन्धानपछि ४ जनाको संलग्नता खुलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
-
'मानव अधिकार आयोग प्रधानमन्त्रीसँग डराएको छैन'
-
लिमी चौकीमा फर्किए सुरक्षाकर्मी
-
जेनजी आन्दोलनबारे मानव अधिकार आयोग: गोली संसद् भवनभित्रबाटै चल्यो, कसले चलायो थाहा छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण