सुदूरपश्चिम प्रदेशमा कोरोना निको हुनेको संख्या १ हजार ४७१ पुग्यो
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोनाभाइरस संक्रमण निको हुनेको संख्या १ हजार ४७१ पुगेको छ ।
आइतबार डडेल्धुराबाट ७१, कञ्चनपुरबाट ११ र अछामबाट ५२ गरी १३४ संक्रमित निको भएर घर गएपछि प्रदेशमा जम्मा निको हुनेको संख्या १ हजार ४७१ पुगेको हो ।
त्यसैगरी आज विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट १० जना कोरोना संक्रमित पुष्टि भएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले रातोपाटीलाई जानकारी दिए ।
प्रदेशमा हालसम्म २६ हजार ३९७ जनाको पीसीआर बिधिबाट जाँच गरिएकोमा २२ हजार ६२९ जनाको रिपोर्ट नेगेटिभ आएको उनले बताए ।
७ सय २३ को रिपोर्ट आउन बाँकी रहेको छ । हालसम्म फेला परेका संक्रमितहरुमा अछामका ५९१, बैतडीका २९८, बझाङ्गका १६० ,बाजुरा ४४६, डडेल्धुराका २७५, दार्चुलाका २०, डोटीका ५३५ , कैलालीका ९९६ र कञ्चनपुरका ४४६ गरी ३ हजार ७६८ जना रहेका छन् । जसमा महिला ८६८ र पुरुष २ हजार ९०० जना रहेका छन् । जसमध्ये ८ जनाको मृत्यु भएको छ ।
यसैगरी क्वारेन्टिनमा ४ हजार २४७ पुरुष र १ हजार ३४२ महिला रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
-
राम चरणको ‘पेद्दी’ बक्स अफिसमा हिट, कमाई कति ?
-
पहिलो खेलमा उत्कृष्ट इतिहास बोकेको नेदरल्यान्ड्स र उच्च लयमा रहेको जापान भिड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण