बोलिभियाका अर्थमन्त्रीलाई कोरोना संक्रमण
सोमबार, २९ असार २०७७, १३ : ५०
लापाज । बोलिभियाका अर्थमन्त्री ओस्कार ओर्टिजलाई कोरोना भाइरस संक्रमण भएको छ । कोरोनाभाइरसबाट संक्रमित उनी बोलिभियाका चौथो मन्त्री हुन् । बोलिभियामा यसअघि स्वास्थ र खनिज मन्त्रीहरु कोरोना संक्रमित हुनु भएको थियो । साथै बोलिभियाका अन्तरिम राष्ट्रपति पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि क्वारेन्टिनमा रहेका छन् ।
अर्थमन्त्री ओर्टिजका चिकित्सकहरुले उनलाई अस्पतालमा भर्ना गरेका र त्यहाँ उपचार जारी रहेको छ । बोलिभियामा हालसम्म ४७ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका र एक हजार ७५४ जनाको मृत्यु भएको छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले संसदीय दल बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल
-
सन्दीपबारे निर्णय गर्न क्यान बैठक बस्ने
-
सन्दीपले सफाइ पाएपछि समर्थकको खुसीयाली, तस्बिरहरू
-
गृहमन्त्री लामिछानेसँग माफी मागे डा.निकोलस भुसालले
-
क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ
-
उद्योगमन्त्री भण्डारी र युरोपियन कमिसनका उपनिर्देशक फेरानबिच भेट