सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

गगन थापामाथि खनिए ओली, संसद् बैठकमा उद्दण्डता प्रस्तुत गरेको आरोप

बुधबार, ०२ जेठ २०८१, १७ : ००
बुधबार, ०२ जेठ २०८१

काठमाडौँ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद् बैठकमा उद्दण्डता प्रस्तुत गरेको बताएका छन् । 

बुधवार एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले नेपाली थापाले सभामुखमाथि अशिष्ट ढङ्गले प्रस्तुत भएर उद्दण्डता देखाएको बताएका हुन् । उनले सभामुखले बोल्न समय दिँदा तपाईंको निगाहाको समय चाहिँदैन भन्ने अभिव्यक्तिले उद्दण्डता प्रदर्शन भएको बताए । 

उनले ‘नेपाली काँग्रेसको सभामुखसँग बोल्ने भाषा यही हो ?’ भनेर जवाफ समेत माग गरे । ओलीले कांग्रेसले एकदलीय, एकाधिकारवादी र तानाशाही चलाउन खोजेको हो भनी प्रश्न समेत गरे । उनले नेपाली कांग्रेस राजनीतिक अभीष्ट पूरा नभएपछि अरूलाई अपराधी करार गर्न लागेको बताए । उनले भ्रष्टाचारमा दोषी करार भएका कांग्रेसका सांसदले कुनै मुद्दा नभएको मानिसउपर छानबिन गर्न समिति गठन गर भनी नाराबाजी गरेको भन्दै काँग्रेसलाई सरम हुनुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप