स्याङ्जामा थपिएका संक्रमितमध्ये १६ जना प्रहरी
पोखरा । स्याङ्जामा आज थपिएका २५ संक्रमितमध्ये १६ जना संक्रमित प्रहरी रहेको खुलेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले आज बेलुकी विज्ञप्ति निकालेर स्याङ्जामा २५ संक्रमित थपिएको जानकारी दिएको थियो ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले १६ जना प्रहरीमा कोरोना संक्रमण भएको पुष्टि गरेका छन् । हिजो मात्रै स्याङ्जा प्रहरी प्रमुखसहित १८ जनालाई कोरोना पुष्टि भएको थियो । यसअघि पनि स्याङ्जामा २ हवल्दार र एक सिपाहीमा कोरोना पुष्टि भई सकेको छ । यो सँगै स्याङ्जामा ३७ प्रहरीमा कोरोना पुष्टि भएको छ ।
सुरक्षा निकायका प्रतिनिधि नै कोरोना संक्रमित बनेपछि स्याङ्जाको सुरक्षा व्यवस्था थप कडा पारिएको छ । सार्वजनिक सवारी बन्द गरेर अत्यावश्यक बाहेकका काममा बाहिर ननिस्कनको लागि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आग्रह गरेको छ ।
बागलुङमा ६ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको थियो । पछिल्लो अपडेटअनुसार गण्डकीका कुल संक्रमितको संख्या १४३० पुगेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
-
राम चरणको ‘पेद्दी’ बक्स अफिसमा हिट, कमाई कति ?
-
पहिलो खेलमा उत्कृष्ट इतिहास बोकेको नेदरल्यान्ड्स र उच्च लयमा रहेको जापान भिड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण