शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल टेलिकमको गुणस्तर सुधार गर्न सरकारलाई निर्देशन

शुक्रबार, १६ साउन २०७७, १६ : २२
शुक्रबार, १६ साउन २०७७

काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले नेपाल टेलिकमको गुणस्तर सुधार गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकले सो निर्देशन दिएको हो । समितिका सभापति कल्याणी खड्काले राज्यको सेवा प्रदायकको रुपमा रहेको नेपाल टेलिकमको सेवा प्रभावकारी हुन नसकेकोले त्यसको गुणस्तर सुधार्नुपर्नेमा जोड दिइन् ।

उनले कोभिड १९ का कारण धेरैजसो निजी कम्पनीहरुले घरबाटै इन्टरनेटमा आधारित भएर सेवा प्रदान गरिरहेकोले टेलिकमको सेवा प्रभावकारी नभएको गुनासो सुनिँदै आएकाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ३० दिनभित्र गुणस्तर सुझावसहितको कार्ययोजना पेश गर्न निर्देशन दिइन् । त्यस्तै नेपाल टेलिकमको ४–जी सेवा निर्धारित समयभित्र सञ्चालन हुन नसक्नुको कारण पेश गर्न मन्त्रालय र नेपाल दुरसञ्चार प्रधिकरणलाई समितिले निर्देशन दिएको छ । 

त्यस्तै दुरसञ्चार प्राधिकरणसँग सम्बन्धित नेपाल टेलिकम र अन्य नीजि सेवा प्रदायक संस्थाहरुमार्फत गत आर्थिक वर्षमा कति ग्राहकहरुलाई सीम वितरण गरियो ती संस्थाहरुको संख्या र संस्थाको आर्थिक अवस्था विवरण ७ दिनभित्र उपलव्ध गराउन समेत निर्देशन दिएको छ । 

त्यस्तै नेपाल टेलिकमको रणनीति साझेदारी भित्र्याउने प्रक्रियाका बारेमा नेपाल सरकारले त्यस्तो साझेदारलाई कस्तो र कुन मोडालिटीमा काम गर्ने हो त्यससम्न्धमा स्पष्ट नीतिगत व्यवस्था गरी सोको जानकारी समितिमा उपलव्ध गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप