शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

काश्मिरी जनताको स्वनिर्णयको अधिकारलाई सम्मान गर: पाकिस्तानी राजदूत

मङ्गलबार, २० साउन २०७७, १६ : ३०
मङ्गलबार, २० साउन २०७७

काठमाडौं । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले काश्मिरी जनताको स्वनिर्णयको अधिकारलाई सम्मान गर्न भारतसँग आग्रह गरेका छन् । भारतले आफ्नो संविधानबाट काश्मिरसम्बन्धी धारा ३७० खारेज गरेको एक वर्ष पूरा भएका सन्दर्भमा यहाँस्थित पाकिस्तानी राजदूतावाससँगको साझेदारीमा नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्घले आज दूतावासमा आयोजना गरेको कार्यक्रममा उनले काश्मिरी जनताको आत्मनिर्णयको अधिकारको सम्मान गर्दै समस्याको शीघ्र समाधान खोजिनुपर्नेमा जोड दिए ।

राजदूत जावेदले बितेका एक वर्षमा भारत प्रशासित काश्मिरमा मानवाधिकार उल्लङ्घनका धेरै घटना भएका र त्यसको जानकारी अन्तरराष्ट्रिय समुदायलाई समेत भएको बताउँदै काश्मिरीको आत्मनिर्णयको अधिकारको सुनिश्चितता तथा निष्पक्ष एवं स्वतन्त्र जनमतसङ्ग्रहका लागि सघाउन अन्तरराििष्ट्रय समुदायसँग आग्रह गरे ।

“दक्षिण एशियाको शान्ति, प्रगति र स्थायित्वका निम्ति काश्मिर समस्याको शीघ्र समाधान हुनुपर्छ, काश्मिरी जनतासँग पाकिस्तान सरकारको समर्थन छ”, सत्तरी वर्षदेखिको द्विपक्षीय समस्याले दक्षिण एशियामा अस्थिरता निम्तिएको बताउँदै उनले भने । सङ्घका महासचिव मञ्जुरत्न शाक्यले वार्ताका माध्यमबाट समस्याको निकास खोज्न भारत सकारात्मक हुनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप