सञ्चयकोषको सापटीको ब्याज ‘कनेक्ट आइपिएस’ मार्फत जम्मा गर्न सकिने
काठमाडौं । कर्मचारी सञ्चयकोषले आफ्ना सञ्चयकर्ताले लिएका सबै कर्जा तथा सापटीको साँवा तथा ब्याज ‘कनेक्ट आइपिएस’मार्फत जम्मा गर्नसक्ने व्यवस्थाको शुरुआत गरेको छ । सञ्चयकर्ताले आफ्नो खाता रहेको जुनसुकै बैंकबाट कनेक्ट आइपिएसमार्फत विशेष सापटी तथा अन्य कर्जाको साँवा तथा ब्याज रकम जम्मा गर्न सक्नेछन् ।
कोषले अनलाइन प्रणालीमार्फत सापटी लिन र तिर्न सक्ने व्यवस्था गरेसँगै कोषका सञ्चयकर्ताले प्रविधिमार्फत कारोवार गर्नसक्ने अवस्था सिर्जना भएको छ । यसले विश्वमा फैलिरहेको कोभिड–१९ को सङ्क्रमणको महामारीको विषम परिस्थितिमा समेत कोषको सेवा प्रवाह सहज हुने विश्वास लिइएको प्रवक्ता ओमकृष्ण श्रेष्ठले जानकारी दिए ।
कोषले शुरु गरेको अनलाइन सापटी फिर्ता भुक्तानी प्रणालीमा सञ्चयकर्ताले बैंकमा उपस्थित भएर वा आफू रहेकै स्थानबाट कारोवार गर्नसक्ने व्यवस्था मिलाइएको छ । यसका लागि सञ्चयकर्ताले आफ्नो बैंक खातामा कनेक्ट आइपिएस सुविधा लिएको हुनुपर्ने र कोषको केवाइसी गरेको हुनुपर्नेछ । हाललाई रु पाँच हजारदेखि रु १० लाखसम्म सापटी तिर्न सक्ने गरी कारोवारको सीमा कायम गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बनेपाका एक हजार घरमा ‘कौसीखेती’
-
राष्ट्रियसभा बैठक बस्दै, यस्ता छन् सम्भावित ८ कार्यसूची
-
बजेट निर्माणको बेला कर्णालीको एउटा मन्त्रालय मन्त्री विहीन, एक सचिव विहीन
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
-
लुम्बिनीमा पहिलो आवधिक योजनाको लक्ष्य प्राप्त भएन
-
यी चार प्रदेशमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना, तराईमा तातो हावा चल्ने