जुलुस निकाल्दैमा कोरोना भाग्दैन, बरु ढाेकाढाेकामा पुग्छ: मेयर शाक्य
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना संक्रमण बढिरहेको याे अवस्थामा सवै पक्ष आफै सचेत नहुने हो भने सरकारले चाहेर पनि कोरोना नियन्त्रण गर्न नसक्ने बताएका छन् ।
काठमाडौंको श्रीघःस्थित धर्मकीर्ति विहारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘मास्क लगाउनु आफू सुरक्षित हुनलाई मात्र होइन, अरुलाई सुरक्षित गर्नलाई पनि हो । यो अवस्थामा हामी यसरी नै सुरक्षित हुनु पर्छ । हामी आफै सुरक्षित नहुने हो भने सरकारले चाहेर पनि कोराना संक्रमणलाई नियन्त्रण गर्न सक्दैन।’
हिजो कोरोना संक्रमण फैलिएको बेला काठमाडौं महानगरपालिकाले जो जहाँ बसेको छ त्यो त्यहीं सुरक्षित बस्नहोला भनेर आग्रह गर्दा आफूहरूलाई उपत्यका भित्र छिर्न दिएन भनी आलोचना गरेको प्रसङ्ग उल्लेख गर्दै प्रमुख शाक्यले भने, ‘त्यति बेला भित्र आउन दिएन भनी हाम्रो आलोचना भयाे । पछिल्लो समय धेरै मान्छेहरू उपत्यका छिर्न थालेपछि थप समस्या आयाे। भित्र आए पछि कोरोना झन् फैलियो ।सरकारले जे गर्दा पनि सडकमा जुलुस आइहाल्छ । तर जुलुस निकाल्दैमा कोरोना भाग्ने त होइन । ढाेकाढाेकामा पुग्न सक्छ । जुलुस निस्क्यो भने जुलुस सँगसँगै कोरोना पनि निस्कन सक्छ भनेर हामी सचेत हुनुपर्छ ।’
अहिले कोरोना फैलिएकोले पीसीआर परीक्षण व्यापक गर्नुप¥यो भनी आवाज उठिरहेकोमा पनि टिप्पणी गर्दै मेयर शाक्यले पीसीआर परीक्षण नै रोगको उपचार नभएको स्पष्ट पारे ।
काठमाडौं महानगरपालिका वडा नम्बर २५ को श्रीघःस्थित धर्मकीर्ति विहारमा वाैद्द परियति शिक्षाका वािध्यार्थिलाई पुरस्कार वितरण गर्दै शाक्यले कामपाले विभिन्न थेरवादी तथा वज्रयानी विहारहरू निर्माण गर्न आवश्यक सहयोग पु¥याउँदै आएको स्मरण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक