फ्रान्स–स्पेन–जर्मनी–इटलीमा पुनः बढिरहेका छन् संक्रमित
फ्रान्समा बिहिबार कोरोनाका ४ हजार ७ सय ७१ नयाँ संक्रमित फेला परेका छन् । यो बुधबारको तुलनामा एक हजार बढि हो ।
एक दिन नै देशमा चार हजारभन्दा बढी संक्रमित भेटिएको मे महिनापछि यो पहिलो मौका हो ।
फ्रान्सबाहेक स्पेन, जर्मनी र इटलीमा पनि कोरोना संक्रमितको संख्यामा तीब्रता देखिएको छ ।
स्पेनमा अब धेरैजसो संक्रमण युवामा देखिएको छ जबकी जर्मनीमा भने अन्य देशको यात्राबाट फर्किएका मानिसहरुमा देखिएको छ । स्पेनमा बिहिबार ३ हजार ३ सय ४९ नयाँ संक्रमित भेटिएका छन् ।
बेलायतमा पनि बिहिबार ११ सय ८२ नयाँ संक्रमित देखिएका छन् । जबकी जर्मनीमा १७ सय ७ नयाँ संक्रमितको पुष्टि भएको छ ।
कोरोनाभाइरसले सबैभन्दा धेरै प्रभावित बताएको युरोपेली देश इटलीमा पनि बिहिबार ८ सय ५४ नयाँ संक्रमित थपिएका छन् । मे महिनापछि पहिलो पटक इटलीमा यति धेरै संक्रमित फेला परेका हुन् ।
यस्तै फ्रान्समा ठूलो परिमाणमा परीक्षण बढाइनुले संक्रमितको संख्यामा वृद्धि भएको बताइएको छ । गत हप्ता फ्रान्समा ६ लाख ६४ हजारभन्दा बढीको परीक्षण गरिएको छ ।
तर चिन्ताको कुरा के हो भने जुलाईको तुलनामा अगस्टमा लगभग दोब्बर संक्रमित भेटिएका छन् । फ्रान्सका विभिन्न शहरमा मास्कको प्रयोग अनिवार्य गरिएको छ ।
लकडाउन खुकुलो र जनजीवनलाई सामान्य बनाउने कोसिसका कारण संक्रमितको संख्यामा तीब्रता आएको पनि बताइन्छ । यसबाहेक सामाजिक दुरीको प्रावधान नमानेका कारण पनि संक्रमितको संख्या लगातार बढिरहेको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण