कोरोनाका कारण हरेक १५ सेकेन्डमा एकको मृत्यु
आइतबार, ०७ भदौ २०७७, १० : ३५
कोरोनाभाइरसको कहर नेपाललगायत विश्वव्यापी रुपमा बढ्दो क्रममा छ । अझै केही देशमा त नियन्त्रणमा आइसकेको कोरोनाको पुनः दोस्रो लहर देखिएको छ । संक्रमितको संख्या वृद्धि हुनुका साथै मृतकको संख्यामा पनि उल्लेख्य वृद्धि भइरहेको छ । कोरोनाका कारण हरेक १५ सेकेन्डमा एकको मृत्यु भइरहेको जानकारीमा उल्लेख छ ।
रोयटर्सका अनुसार हरेक २४ घण्टामा कोभिड–१९ का कारण ५ हजार ९ सय व्यक्तिको ज्यान गएको छ । शुक्रबारसम्म लिइएको पछिल्लो दुई हप्ताको आँकडाको आधारमा यो नतिजा निकालिएको हो । यो हिसाबले हेर्ने हो भने एक घण्टामा २ सय ४६ र हरेक १५ सेकेन्डमा एक व्यक्तिको मृत्यु भइरहेको छ ।
डब्ल्यूएचओले अर्को वर्षको सुरुवातमा मात्रै भ्याक्सिन उपलब्ध हुने सम्भावना व्यक्त गरिरहँदा यो आँकडाले धेरैलाई त्रसित बनाउने निश्चित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण