कोरोनाभाइरसलाई पत्याएका थिएनन्, गुमाए श्रीमतीः भने, ‘म जस्तो मूर्ख नहुनुहोस्’
कोरोनाभाइरस अस्तित्वमा नभएको विश्वास गर्ने फ्लोरिडाका ट्याक्सी चालकले कोभिड–१९ का कारण श्रीमती गुमाएका छन् ।
ब्रायन ली हिचेन्स र उनकी श्रीमती इरिनले कोरोनाभाइरसलाई बढाई चढाई ठूलो बनाइएको र यसको सम्बन्ध फाइभजी र सामान्य फ्लूसँग रहेको दाबी गरिएका अनलाइन सामग्री पढेका थिए ।
तसर्थ यो जोडीले मे महिनामा बिरामी हुँदा स्वास्थ्य सुरक्षा सम्बन्धि जारी गरिएका निर्देशिका पालना गरेनन् । ब्रायन निको भए तर ४६ वर्षीया श्रीमती भने असाध्यै बिरामी भइन् र भाइरसले निम्त्याएको मुटुरोटका कारण यो महिना मृत्युवरण गरिन् ।
ब्रायनले जून महिनामा श्रीमती भेन्टिलेटरमा हुँदा बीबीसीसँग कोरोनाभाइरससम्बन्धि गलत प्रचारले आफ्नो जीवनमा पारेको प्रभावबारे कुराकानी गरेका थिए ।
फ्लोरिडाकी पास्टर इरिनको स्वास्थ्यमा गडबडी थियो । उनी दमका रोगी थिए भने उनलाई निद्रा नलाग्ने समस्या थियो ।
उनका श्रीमानले दिएको जानकारी अनुसार यी दुबैले महामारीको सुरुवातमा सुरक्षाका कुनैपनि मापदण्ड पालना नगरेको बताए । अनलाइनमा यसबारे गरिएको नक्कली दाबी यी दुईले पनि पढेका थिए ।
ब्रायनले ट्याक्सी चालकको रुपमा आफ्नो पेशालाई निरन्तरता दिए, सामाजिक दुरीको पालना नगरिकनै र मास्क नलगाइकनै । श्रीमतीको औषधी किन्न जाँदासमेत उनले त्यसै गरे ।
जब उनी मे महिनामा बिरामी भए, तब तत्काल स्वास्थ्य उपचार पनि पाएनन् । परीक्षण गर्दा उनीहरुमा कोभिड–१९ को संक्रमण देखियो ।
ब्रायनले बीबीसीसँगको कुराकानीमा भने, ‘काश, मैले सुरुवात देखि नै यस्ता भ्रामक समाचार नपढेको भए, यसबारे सही जानकारी बटुलेको भए । मेरी श्रीमतीले मलाई माफ गर्लिन् भन्ने आशामा छु म ।’
‘यो साँच्चैको एउटा भाइरस हो जसले मानिसहरुलाई भिन्दा भिन्दै तरिकाले प्रभाव पार्छ । तर मैले भूतलाई परिवर्तन गर्न सक्दिनँ । म वर्तमानमा मात्रै बाँच्न सक्छु र भविष्यका लागि राम्रो विकल्प रोज्न सक्छु,’ ब्रायनले भने ।
‘उनी अहिले पीडामा छैनन्, शान्तिसँग बसिरहेकी छिन् । मलाई उनको असाध्यै याद आउँछ तर मलाई विश्वास छ उनी सुन्दर स्थानमा छिन् ।’
‘यो साँच्चै अस्तित्वमा छ’
ब्रायन र उनकी श्रीमतीले कोभिड–१९ माथि विश्वास नै गरेनन् । यसको साटो उनीहरुले यो भाइरस नक्कली भएको, फाइभजी टेक्नोलोजीसँग सम्बन्धित भएको र सामान्य समस्या भएको ठाने । उनीहरुको यस्तो धारणा फेसबुकमा आएका जानकारीपश्चात् विकसित भएको हो ।
‘सरकारले हाम्रो ध्यान भड्काउन यस्तो तरिका अपनाएको होला भनेर हामीले सोच्यौं,’ ब्रायनले भने । ‘यो फाइभजीसँग सम्बन्धित होला भन्ने पनि ठान्यौं ।’
तर जब यो जोडी मे महिनामा बिरामी भए तब ब्रायनले फेसबुकमार्फत् आफूले पढेको जानकारी सबै भ्रामक भएको बताए ।
Many people still think that the Coronavirus is a fake crisis which at one time I did too and not that I thought it wasn...
Posted by Brian Lee Hitchens on Tuesday, 12 May 2020
‘यदि तपाईं घर बाहिर जानुपर्ने स्थिती आयो भने विवेक प्रयोग गर्नुहोस्, म जस्तो मूर्ख नहुनुहोस् । यसो गर्नुभयो भने तपाईंले ममाथि र मेरी श्रीमतीमाथि जे जति भयो त्यस्तो स्थितीको सामना गर्नुपर्ने छैन,’ उनले लेखे ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण