निलगाईका कारण रौतहटका किसान चिन्तित, रातभर जाग्राम
रौतहट । निलगाईका कारण रौतहटको कटहरिया नगरक्षेत्रका दर्जनौँ किसान चिन्तित बनेका छन् । राति–राति आउने निलगाईले बाली सखाप पार्न थालेपछि किसानहरु चिन्तित बनेका हुन् ।
निलगाईले किसानले लगाएको तरकारी, धान, मकै समेत खाइदिने गरेकाले कटहरिया नगरपालिकाका कयौँ वडाका किसान समस्यामा परेका छन् । वर्षभरीको मिहिनेतले लगाएको धानबाली निलगाईले सिध्याउँदा जीवनयापनमै समस्या हुने कटहरिया–२ हंथियाहिका एकजना पीडित किसान बिनोदलाल कर्णले दुखेसो पोख्छन् ।
निलगाईले धानबाली र मकैबालीका साथै कटहरिया–३ मा रहेको नर्सरीमा आँप, लिचीलगायतका बिरुवामा समेत क्षति गरिरहेको किसान कर्णले जानकारी दिए ।
राति झुन्डमा आउने निलगाईले झौवा गाउँ छेउमा किसानले लगाएको तरकारी बालिमा समेत क्षति गरिरहेको एकजना स्थानीय किसान तथा नेपाली काँग्रेस नेता वाल्मीकि यादवले गुनासो गरेका छन् ।
पछिल्लो केही वर्षदेखि निलगाईले जिल्ला प्रायः सबै स्थानीय तहका किसानले लगाएको बालीमा क्षति पुर्याउने गरेका छन् ।
निलगाईको लागि जिल्लाका नदी खोलाहरु सुरक्षित बाँस स्थान बनेको छ । निलगाईको संख्या दिन प्रति दिन संख्या बढदै गएको छ । तर, सरकार तथा अन्य कुनै निकायले हालसम्म नियन्त्रण को पहल गरेको छैन । निलगाई नियन्त्रण गर्न पटक पटक स्थानीय तह तथा जिल्ला बन कार्यालयमा समेत अनुरोध गर्दा कुनै वास्ता नगेकाले कतिपय किसान आफ्नो बालीको रक्षागर्न रातभरि मसाल बालेर टिन ठट्याउन बाध्य भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण