चाडपर्व सुरक्षा योजना : सादा पोसाकमा गस्तीदेखि घरदैलो अभियानसम्म
भक्तपुर–महानगरीय प्रहरी परिसर भक्तपुरले नजिकिएको विजया दशमी, दीपावली र छठपर्वका लागि सुरक्षा योजना बनाएको छ । प्रहरीले बैक बित्तीय संस्था,सुनचाँदी पसल लगायत आर्थिक कारोबार हुने स्थानहरुमा सम्बन्धित प्रहरी ईकाईहरुबाट सादा पोसाकमा ब्यापक प्रहरी परिचालन गरिनुकासाथै गस्ति गर्ने व्यवस्था मिलाइएको परिसर प्रमुख प्रहरी उपरिक्षक किरण राणाले जानकारी दिएकी छिन् ।
भक्तपुरमा प्रहरीले दशै, तिहार लक्षित अपराधिक घटना नियन्त्रण गर्न विभिन्न ईकाईहरुबाट घर दैलो तथा सचेतनामुलक पर्चा बितरण तथा माईकिङ पनि सुरु गरेको छ । चार्डपर्वलाई लक्षित गरी अपराधिक क्रियाकलाप हुनसक्ने भएकाले शंकित व्यक्तिहरुमाथि निगरानी राखी आवश्कताअनुसार सोधखोज तथा खानतलासी समेत गर्ने गरिएको उपरिक्षक राणाले बताइन् ।भक्तपुर प्रहरीले शान्ति सुरक्षा कायम गर्न नगर तथा ग्रामिण क्षेत्रमा मोवाईल तथा पैदल गस्ती परिचालन गर्ने व्यवस्था मिलाएको छ । मुख्य राजमार्ग तथा सहायक राजमार्गहरुमा समय परिवर्तन गरी ट्राफिक प्रहरी र जनपदप्रहरीको संयुक्त चेकिङ्गको व्यवस्थागरेको समेत परिसरले जनकारी दिएको छ । ‘होटेल, लज, रेष्टुरेण्ट, पुलहाउसहरुमानियमित रुपमा चेकिङ्गको भइरहेको छ,’ उपरिक्षक राणाले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण