बालबालिकामा कोरोनाको गम्भीर संक्रमण दुर्लभ, मृत्यु झनै दुलर्भः अनुसन्धान
वयस्कभन्दा बालबालिका तथा किशोरहरुमा कोभिड–१९ को संक्रमण दुर्लभ भएको र यसबाट मृत्यु हुने सम्भावना झनै दुर्लभ भएको बेलायतमा गरिएको एक अनुसन्धानले बिहिबार बताएको छ ।
बेलायतका १ सय ३८ अस्पतालमा भर्ना भएका बिरामीमध्ये एक प्रतिशतभन्दा कम बालबालिका थिए र तीमध्ये एक प्रतिशतभन्दा कम वा ६ जना बालबालिकाको मात्रै मृत्यु भएको अनुसन्धानले देखाएको छ । मृत्यु भएकाहरु पनि पहिले नै कुनै रोगबाट ग्रस्त भएको बताइएको छ ।
‘हामी निश्चित रुपमा यो भन्न सक्छौं कि कोभिडले बालबालिकालाई खासै हानी पुर्याएको छैन,’ अनुसन्धानमा संलग्न बेलायतस्थित युनिभर्सिटी अफ लिभरपुलका प्राध्यापक माल्कोम सेम्पलले बताए ।
‘यो अनुसन्धानमार्फत् के पत्ता लागेको छ भने कोभिड–१९ ले भयानक संक्रमण गर्ने सम्भावना न्यून न अझ यसबाट मृत्यु हुने सम्भावना झनै कम छ । तसर्थ अभिभावकले आफ्नाा सन्तानलाई पुनः विद्यालय पठाउन त्यति विचलित हुनु पर्नेछैन ।’
विश्वव्यापी रुपमा हेर्ने हो भने कोरोनाभाइरस महामारीले बालबालिका तथा किशोरलाई १ देखि २ प्रतिशत मात्रै प्रभाव पारेको छ । संक्रमण देखिएका बालबालिकामा पनि कोहीमा हल्का लक्षण देखिएको छ भने कसैमा लक्षण नै देखिएको छैन । यसका कारण निकै थोरै मात्रै बालबालिकाको मृत्यु भएको छ ।
बीएमजे मेडिकल जर्नलमा प्रकाशित यो अनुसन्धानका लागि सेम्पलको समूहले जनवरी १७ देखि जुलाई ३ सम्म कोभिड–१९ द्वारा संक्रमित १९ वर्ष मुनिका ६ सय ५१ बालबालिका तथा किशोरहरुको अध्ययन गरेका थिए । –रोयटर्स
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण