शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

६ लाख ४० हजार रुपैयाँसहित हुन्डी कारोवारी पक्राउ

शुक्रबार, १२ भदौ २०७७, १३ : ११
शुक्रबार, १२ भदौ २०७७

रौतहट । रौतहटस्थित सशस्त्र प्रहरीको गस्ती टोलीले  ६ लाख ४० हजार स्रोत नखुलेको रुपैयासहित १ जनालाई पक्राउ गरेको छ । शुक्रबार बिहान ईशनाथ नगरपालिका ९ लवतना गाँउ नजिकैबाट स्थानीय लक्ष्मण साहका छोरा १६ वर्षीय मनोजकुमार साहलाई गस्ती टोलीले पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी ११ नम्बर हेडक्वाटरबाट डिएसपी नरेश भण्डारीको कमाण्डमा गएको टोलीले ईशनाथ २ औरैयाका साहबाट चेकजाँचको क्रममा भारतीय नम्बरको मोटरसाईकलसहित उक्त रकम बरामद गरिएको हो । बरामद रुपैयाँ, मोटरसाईकल र मनोजकुमारलाई आवश्यक कार्वाहीको लागि जिल्ला भन्सार कार्यालय गौर पठाइएको सशस्त्रका एसपी सुर्यबहादुर सेन ओलीले बताए ।

यसअघि गत चैत ११ पछि सशस्त्र प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट ४३ लाख,४३ हजार, ४ सय २० नगद र ४ जना मानिस पक्राउ गरिएको  एसपी ओलीले जानकारी दिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप