वडा सदस्य र ठेकेदार मिलेर सापकोटाको अपहरण, तीनजना पक्राउ

कास्की । कास्कीमा एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको । पोखरा महानगरपालिका–२३ का २९ वर्षीय महादेव सापकोटालाई अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
काठमाडौँ कीर्तिपुरका ४२ वर्षीय वसन्त लामा, पोखरा महानगरपालिका–२३ का ४५ वर्षीय भरतराज भण्डारी र पोखरा महानगरपालिका–२३ कै ४५ वर्षीय टिकाराम भण्डारी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रमुख एसपी जीवन श्रेष्ठका अनुसार पक्राउ पर्ने भरतराज भण्डारी पोखरा महानगरपालिकाका वडा सदस्य हुन् । यस्तै लामा ठेकेदार हुन् भने टिकाराम भण्डारी सुपरभाइज हुन् ।
भदौ ८ गते सापकोटालाई उनीहरुले पोखरा महानगरपालिका–२३ खहरेखोला स्थित निर्माणधिन पुलबाट नियन्त्रणमा लिई मोबाइल खोसेर कुटपिट गर्दै बा १४ च ८२७९ नम्बरको कारमा राखेर भाडामा बस्दै आएका लामाको फ्ल्याटमा लगेर थुनेका थिए ।
सापकोटालाई अपहरण गरी बन्धक बनाएको सूचना प्रहरीसमक्ष ११ गते अर्थात तीन दिनपछि पुग्यो । सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बैदामको टोली सापकोटाको उद्दारको लागि परिचालन भयो ।
सूचना पाएको एक घण्टाभित्र सापकोटाको उद्दार गरिएको एसपी श्रेष्ठले बताए । घटनामा प्रयोग भएको सेतो रंगको क्रेटा गाडीसहित तीन जनालाई पक्राउ गरिएको एसपी श्रेष्ठले जानकारी दिए ।
एसपी श्रेष्ठले भने, ‘एउटा कोठामा सापकोटालाई थुनेर अर्को कोठामा बसिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । यद्यपी सापकोटालाई अपहरण गरी बन्धक राख्नुको कारण खुल्न सकेको छैन् ।’
उनीहरुमाथि अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूर र संगठित अपराध मुद्दामा कास्की जिल्ला अदालतबाट पहिलो पटक दिन ७ दिन थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर