मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
काठमाडौँ । नेपाल वायु सेवा निगमका दुई वटा ट्वीन अटर विमान नियमित सञ्चालनमा आएका छन् । निगमले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै मर्मत सम्भार एवं दुई वटै नयाँ इन्जिन परिवर्तन गरेर नियमित उडान तालिका अनुसार विमानहरू सञ्चालनमा आएका हुन् ।
‘आन्तरिक उडान सञ्चालनका लागी निगमका दुई वटै ट्वीन अटर विमानहरु (9N-ABU र 9N-ABT) पूर्ण रुपले सञ्चालनमा आएको हुँदा उक्त विमानहरु आन्तरिक उडान सेवामा सक्रिय रूपमा परिचालन हुँदा निगमको उद्धेश्य अनुरुप दुर्गम भेगका नागरिकहरुमा सहज, सुलभ, मितव्ययी हवाई सेवाको पहुँचमा बृद्धि हुने विश्वास लिदै आगामी दिनहरूमा पनि विगतमा भै यात्रुहरुको गुणस्तरिय सेवा र सुरक्षालाई उच्च प्राथमिकता राखी उडान संचालन गर्न निगम सदैव प्रतिबद्ध छ,’निगमद्धारा जारी सूचनामा भनिएको छ ।
निगमका यी दुवै ट्वीनअटर विमान लामो समयदेखि ग्राउण्डेड थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण