सहिद लक्ष्मी फुयाल स्मृति प्रतिष्ठानको भवन शिलान्यास

विराटनगर । मोरङको कानेपोखरी–५ भौंसाबारीमा सहिद लक्ष्मी फुयाल स्मृति प्रतिष्ठानको भवन शिलान्यास गरिएको छ । कोशी प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री तथा सांसद गणेश उप्रेती (सुशील), सांसद गीता तिम्सिना र सहिद लक्ष्मी फुयालकी पत्नी चुनमाया फुयालले भवनको शिलान्यास गरेका हुन् ।
कोशी प्रदेश सरकारको शहरी विकास तथा भवन निर्माण कार्यालयले चालू आर्थिक वर्षमा २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । उक्त बजेटमध्ये १७ लाख १२ हजार २०६ रुपैयाँको लागत स्टिमेटअनुसार भवन निर्माण सुरु भएको प्रतिष्ठानका अध्यक्ष दुर्गाबहादुर कार्कीले बताए । भवन निर्माणको ठेक्का आर्यपुत्र इन्फ्रा एण्ड कन्ट्रक्सनले लिएको हो ।
जनयुद्धको क्रममा सहिद बनेका लक्ष्मी फुयालको परिवारले प्रतिष्ठानलाई १७ धुर जग्गा दान दिएको थियो । सोही जग्गामा दुई तलाको भवन निर्माण गर्ने योजनाअनुसार काम सुरु भएको कार्कीले जानकारी दिए । भवन निर्माण सम्पन्न गर्नका लागि अझै ५० लाख रुपैयाँ आवश्यक पर्ने उनले बताए ।
भवनको शिलान्यास गर्दै पूर्वमन्त्री उप्रेतीले प्रदेश सरकारले निर्माणाधीन र अधुरा रहेका संरचनाका लागि बजेट विनियोजन गर्नुपर्ने बताए । उनले भवन निर्माण सम्पन्न गर्नका लागि आफूले पहल गर्ने बताए । यस्तै सांसद गीता तिम्सिनाले पनि आफ्नो तर्फबाट प्रतिष्ठानको भवन निर्माणलाई सहयोग गर्न बताइन् ।
अध्यक्ष कार्कीले कानेपोखरी गाउँपालिकाभित्रबाट जनयुद्धमा सहभागी भएर सहिद भएकाहरू ९ जनाको प्रतिष्ठान परिसरमा शालिक राख्ने, सहिद परिवारलाई प्रतिष्ठान मार्फत सहयोग गर्ने र समाज परिवर्तनमा सकारात्मक पहल गर्ने उद्देश्य रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण