बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जलवायु संकट समाधानका लागि लोमन्थाङ घोषणापत्र जारी

मङ्गलबार, ३० वैशाख २०८२, १९ : ३३
मङ्गलबार, ३० वैशाख २०८२

मुस्ताङ । पछिल्लो समय बढ्दै गएको जलवायु संकटबारे संवेदनशील हुन लोमन्थाङबाट विश्वको ध्यानाकर्षण गराइएको छ ।नेपाल प्रेस युनियनले काठमाडौँ, पोखरा र जोमसोममा सरोकारवालासँग अन्तरक्रिया गरेपछि लोमन्थाङबाट घोषणापत्र जारी गरेको हो । 

लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटबाट प्राप्त सुझावका आधारमा घोषणापत्र जारी गरिएको अध्यक्ष शिव लम्सालले बताए । सम्मेलनले समावेशी, दिगो तथा वातावरणमैत्री विकासको माग गरेको छ । जलवायु परिवर्तनबाट जोगिन राजनीतिक क्षेत्रको समेत साथ खोजिएको छ ।

 ‘जलवायु संकट यस क्षेत्रको प्रमुख एजेन्डा हो । त्यसैले यहाँका राजनीतिक दलहरूले राजनीतिक तहमा जलवायु संकटलाई सम्बोधन गर्न प्राथमिकता दिनुपर्छ र ऐक्यबद्धता व्यक्त गर्नुपर्छ,’ घोषणापत्रमा भनिएको छ । 

कोरला नाकाको सहज सञ्चालन तथा कालिगण्डकी करिडोरको निर्माण छिटो सम्पन्न गर्न सम्मेलनले संघ सरकारसँग आग्रह गरेको छ भने मुक्तिनाथ, दामोदर कुण्ड र कैलाश मानसरोवर जोड्ने धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनको लागि ध्यानाकर्षण गराइएको छ । 

सम्मेलनमा लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु संकटका विषयमा छलफल चलाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप