नेपाली सेनाद्वारा दुई जना संक्रमितको शव व्यवस्थापन, रौतहटमा मर्नेको संख्या ५ पुग्यो
रौतहट । रौतहटस्थित नेपाली सेनाको टोलीले दुई जना कोरोनाभाइरस संक्रमितको शव व्यवस्थापन गरेको छ । ईन्द्रबक्स गण गौरबाट तालिम प्राप्त टोलीले मौलापुर नपा–३ गमहरिया गाउँछेउ र यमुनामाई गापा–३ राजपुर छेउ खाली स्थानमा शव व्यवस्थापन गरेको कर्णेल सामन्तध्वज खाँणले बताए । तालिम प्राप्त सेनाको टोलीले राष्ट्रिय धुन बजाएर सलामीसहित संक्रमितको शव व्यवस्थापन गरेको कर्णेल खाँणले जानकारी दिएका छन ।
गमहरियाका ३० वर्षीय पुरुष श्वास प्रश्वास तथा किड्नी रोगबाट ग्रसित हुँदा गत ७ गते वीरगञ्जस्थित कोरोना विशेष हेल्थ केयर अस्पतालमा पीसीआर जाँच गर्दा पोजेटिभ देखिएको थियो । पचारको क्रममा उनको शनिवार राति मृत्यु भएको थियो ।
त्यसैगरी राजपुरका ४० वर्षीय पुरुष चिनिरोग, ज्वरो र झाडापखालाबाट ग्रसित भएपछि गत १२ गते वीरगञ्जस्थित कोरोना विशेष गण्डक अस्पतालमा भर्ना गर्ने क्रममा पीसीआर जाँचमा पोजेटिभ देखिएको थियो । उपचारको क्रममा उनको पनि गत राति मृत्यु भएको थियो ।
आइतबार रातिनै दुवैजनाको शव एम्बुलेन्सबाट मगाएर व्यवस्थापन गरिएको थियो । यसका साथै रौतहटमा कोरोनाभाइरस संक्रमणको कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकार विवाद पूर्ण इजलासमा पठाइयो
-
२८ अर्ब ३२ करोडको सिलिङ, भौतिकले मात्रै माग्यो १६ अर्ब, सिँचाइलाई चाहियो ४० अर्ब
-
प्रतिनिधि सभा सदस्यमा सुहाङको शपथ आज
-
आगलागी र चट्याङबाट चौबिस दिनमा सत्ताइस जनाको मृत्यु
-
आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै
-
सशक्त बन्दै न्यून चापीय प्रणाली, कहाँ कहाँ छ वर्षाको सम्भावना?