शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा पनि मनाइयो जितिया पर्व, तस्बिरमा हेर्नुहोस्

बिहीबार, २५ भदौ २०७७, १८ : १५
बिहीबार, २५ भदौ २०७७

मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ काठमाडौंमा पनि मनाइएको छ । राजधानीको गुह्वेश्वरीस्थित बागमती नदी किनारमा बिहीबार कोरोनाको कहरका बीच सावधानी अपनाउँदै मधेसी समूदायका महिला भेला भएका थिए । 
जितिया पर्वमा महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जिमुतवाहन र दिवङ्गत पितृलाई चिउरा, दहीलगायत प्रसादका रूपमा चढाई आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने प्रचलन रहेको छ । 

सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्ति हुने विश्वासका साथ यो पर्व मनाइने गरिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप