‘नयाँ सम्भावनाहरूको सञ्जाल’, ‘रोलिङ नेक्सस डटकम’को औपचारिक सुरुवात
काठमाडौं । मानव स्रोत, साधन व्यवस्थापनमा विगत १६ वर्षदेखि सक्रिय संस्था ‘रोलिङ प्लान्स प्रा.लि’ले आफ्नो १६ औं वार्षिक उत्सवका अवसरमा ‘रोलिङ नेक्सस डटकम’ सञ्चालनमा ल्याएको छ । विहीबार भच्र्युअल माध्यमबाट प्रेस कन्फ्रेन्स गर्दै कम्पनीले आफ्नो नयाँ उद्देश्य र योजना सहितको डिजिटल प्ल्याटर्फम ‘रोलिङ नेक्सस डटकम’ सञ्चालनमा ल्याएको कम्पनीका अध्यक्ष अनुप जंगमले बताए ।
नयाँ तथा पुराना सबै पुस्ताका लागि निकै नै लाभदायी हुने भनिएको यस कम्पनीले थुप्रै बेरोजगार जनशक्तिका लागि अवसरको सम्भावना खोजी गर्ने उद्देश्य तय गरेको छ । सोहिअनुरुप कम्पनीले आफ्नो नयाँ वेभसाइटलाई एउटा ‘नयाँ सम्भावनाहरूको सञ्जाल’का रुपमा पनि परिभाषित गरेको छ ।
कम्पनीको भर्चुअल प्रेस कन्फ्रेन्समार्फत डिजिटल युगको नयाँ सुरुवात भन्दै श्रम तथा रोजगारमन्त्री रामेश्वर राययादव, पूर्व श्रममन्त्री गोकर्ण विष्ट, कांग्रेस सांसद गगन थापा, महानायक राजेश हमाल, पूर्व मिस नेपाल श्रृंखला खतिवडाले शुभकामना सन्देश दिएका छन् ।
संस्थाले रोजगारी सृजना तथा प्रवद्र्धन, दक्षता अभिवृद्धि, व्यवसाय बृद्धि, गिग इकोनमी र सेयर्ड इकोनमी तथा सञ्जालमार्फत नै नयाँ अवसर र सम्भावनाको खोजीका सम्बन्धी काम गर्ने उद्देश्य लिएको छ । यससँगै कोभिड–१९ का कारण यतिबेला अर्थतन्त्र आफैमा अप्ठ्यारोमा छ भने थुप्रै मानिसहरूले रोजगारी गुमाएका छन् । यस्तो अवस्थामा रोलिङ नेक्ससले नयाँ अवसर र सम्भावनाको खोजी गर्ने प्रतिवद्धता समेत जनाएको कम्पनीकी निर्देशक निसा केसीले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण