दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतको पाँच दिने भ्रमणको चौथो दिन नयाँ दिल्लीबाट उत्तर प्रदेशको राजधानी लखनउ पुगेका छन् ।
- लखनउ विमानस्थलमा उनलाई उत्तर प्रदेशका उपमुख्यमन्त्री र भारतीय जनता पार्टी (भाजपा) का शीर्ष नेताहरूले विशेष स्वागत गरेका छन् ।
- दिल्लीमा रहँदा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह, भाजपाका नेता नितिन नवीन र अमेरिकी राजदूत सर्जियो गोरसँग भेटवार्ता गरेका छन् ।
काठमाडौँ । भारतको पाँच दिने औपचारिक भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बिहीबार नयाँ दिल्लीबाट उत्तर प्रदेशको राजधानी लखनउ पुगेका छन् ।
गत जेठ १८ गतेदेखि भारत भ्रमणमा रहेका लामिछानेको भ्रमणको आज चौथो दिन हो । लखनउ विमानस्थलमा ओर्लिँदा उनलाई स्वागत गर्न उत्तर प्रदेशका उपमुख्यमन्त्री लगायत भारतीय जनता पार्टी (भाजपा) का शीर्ष नेताहरू पुगेका थिए । विमानस्थलमा उनलाई विशेष स्वागत गरिएको छ ।

लखनउ प्रस्थान गर्नुअघि सभापति लामिछानेले नयाँ दिल्लीमा भारतीय उच्च नेतृत्वसँग महत्वपूर्ण राजनीतिक भेटवार्ताहरू सम्पन्न गरेका छन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर र गृहमन्त्री अमित शाहसँग छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन् ।

यस्तै, लामिछानेले भाजपाका केन्द्रीय नेता नितिन नवीन लगायतका अन्य प्रभावशाली नेताहरूसँग पनि भेटघाट गरेका थिए । दिल्लीमा रहेका बेला उनले भारतका लागि अमेरिकी राजदूत एवं दक्षिण एसियाका लागि अमेरिकी विशेष दूत सर्जियो गोरसँग पनि संवाद गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण